+
+

फरवार्ड राजेश र गोलकिपर विशाल फ्रेण्ड्समा अनुबन्ध, असिमले गरे सम्झौता नवीकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते १८:३२
राजेश, बिशाल र असिम ।

१० माघ, काठमाडौं । फ्रेण्ड्स क्लबले आगामी शहीद स्मारक ए डिभिजन लिगका लागि खेलाडी अनुबन्ध प्रक्रिया सुरु गरेको छ ।

ललितपुरको कुपण्डोलमा रहेको फ्रेण्ड्सले नयाँ सिजनका लागि दुई नयाँ खेलाडी अनुबन्ध गरिसकेको छ ।

फ्रेण्ड्सले युवा फरवार्ड राजेश परिवार र युवा गोलकिपर विशाल सुनारलाई अनुसबन्ध गरिसकेको छ ।

१३ औं साग फुटबलमा राष्ट्रिय टिमबाट स्वर्ण जितेका राजेशले यसअघि न्युरोड टिम एनआरटीबाट लिग खेलेका थिए ।

केही समयअघि मात्रै एनआरटी छाडेका उनी नयाँ क्लब फ्रेण्ड्समा अनुबन्ध भएका हुन् ।

यस्तै गत सिजन मनाङ मर्स्याङ्दी क्लबबाट लिग खेलेका विशाल पनि यस पटक फ्रेण्ड्समा पुगेका छन् ।

विशालले राष्ट्रिय टिममा समेत स्थान बनाइसकेका छन् तर डेब्यु गर्न भने बाँकी छ । यस्तै युवा डिफेण्डर असिम भुसाल पनि फ्रेण्ड्समै रहने भएका छन् ।

असिमसँग सम्झौता नवीकरण गरेको क्लबले जनाएको छ । फ्रेण्ड्सले सामाजिक सञ्जालबाट खेलाडी अनुबन्ध र सम्झौता नवीकरण गरेको जनाएको हो ।

आगामी फागुन १९ गतेबाट सुरु हुने ए डिभिजन लिगको उद्घाटन खेलमा फ्रेण्ड्सले नवप्रवेशी खुमलटार एफसीसँग खेल्दै लिग सुरु गर्नेछ ।

गत सिजन अधिकांश सिजन रेलिगेसन जोनमा रहेको फ्रेण्ड्सले रेलिगेसन भन्दा एक स्थान माथि ११औं स्थानमा रहेर लिग सकाएको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?