+
+

नयाँ लुक्स र सुविधासहित आयो हुण्डाई ‘अल न्यू भेन्यू’

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १२ गते १७:०१

१२ माघ, काठमाडौं । हुण्डाईको ‘अल न्यू भेन्यू’ कार नेपाली बजारमा भित्रिएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा भित्र्याएको यो कार भारतमा ७ महिनाअघि सार्वजनिक भएको भएको थियो । भारतमा लोकप्रिय भइसकेको यो कार परिवारिक तथा कार्यालयसहित सबै खालको प्रयोजनमा रुचाइएको छ ।

सुभल मूल्यमा प्रिमियम गुणस्तर र सुविधासहितको यो पेट्रोल कार नेपाली बजारमा पनि सार्वजनिक भएको छोटो समयमा राम्रो संख्यामा बिक्री भइसकेको कम्पनीले जनाएको छ । हुण्डाई काठमाडौं थापाथलीको डिलरकाअनुसार अहिले यो कारबारे चासो राख्दै हेर्न/बुझ्न र खरिद गर्ने आउनेको संख्या बढ्दो क्रममा छ ।

हुण्डाई काठमाडौं थापाथलीका डिलरसिप हेड दिवाकर रेग्मीअनुसार हुण्डाई नेपाली उपभोक्ताले निकै विश्वास गरेको ब्राण्ड हो । लामो समयदेखि सेवामा रहेको लक्ष्मी हुण्डाई कम्पनीले ‘सेल्स’ र ‘आफ्टरसेल्स सर्भिस’मा एउटा विशिष्ट मानक नै स्थापित गरेको छ । हुण्डाई जस्तो विश्वासिलो र उत्कृष्ट ब्राण्डसँग जोडिएर कम्पनीले दक्ष जनशक्ति र सहज सेवालाई प्राथमिकतामा राखेर काम गर्ने गरेको छ ।

नेपाली बाटो सुहाउँदो गाडी बिक्री गर्ने यो कम्पनीले बिक्री पछिको सेवा मात्रै हैन,  रिसेल भ्यालुका कारण पनि हुण्डाई ब्रान्डलाई नेपालमा नयाँ उचाइमा पु¥याएको छ ।

कम्पनीले पछिल्लो पटक ल्याएको ‘अल न्यू भेन्यू–एसएक्स’ पनि अहिले धेरैको नजरमा परेको छ । बजेट र बजारको ट्रेन्डअनुसार गाडी किन्ने ग्राहकले हुण्डाईको भेन्यु मोडललाई निकै रुचाएको रेग्मी बताउँछन् ।

हुण्डाईको भेन्यूको मूल्य ४० लाखबाट सुरु भएर ५६ लाख रुपैयाँसम्म छ । सुपथ मूल्यमा आकर्षक डिजाइ र स्तरीय सुविधासहितको गाडी चढ्ने अवसर भेन्यूले दिएको रेग्मी बताउँछन् ।

भेन्यू खरिद गरेका उपभोक्ताले हुण्डाईको गाडी गुणस्तरीय भएका कारण खुसी व्यक्त गर्ने गरेको उनले बताए । ‘हुण्डाईको ब्रान्ड हेर्नासाथ र यसमा एकपटक यात्रा गर्नासाथ ग्राहकले नौलो अनुभव गरिहाल्नुहन्छ,’ डिलरसिप हेड रेग्मी भन्छन् ।

बोल्ड छ ‘अल न्यू भेन्यू’

अल न्यु भेन्यु फेस लिफ्ट भर्सन हो । यसको लुक्स नै अलग र प्रभावशाली र बोल्ड छ । डार्क क्रोम फ्रन्ट ग्रिलसहित हुण्डाई ब्याचिङले गाडी अति सुन्दर देखिएको छ ।

यसमा एलईडी डीआरएल हेडल्याम्प्स्का साथमा प्रोजेक्टर हेडलाइट छ । यसको डेडिकेटेट डे टाइम रनिङ लाइट, साइडलाइटहरु पनि छन् । यसले यो गाडीको लुक्सलाई थप स्मार्ट पनि देखाएको छ ।

गाडीलाई १५ इन्चको डाइमण्ड कट ‘ओलय ह्विल’ले थप आकर्षक देखाएको छ । हुण्डाइको भेन्यूमा यो विकल्प छ । साथमा मिररमा साइड इन्डिकेटर पनि छ, जसमा टाढैबाट गाडीहरु साइड इन्डकेट भएको देख्न सकिन्छ । रेग्मीका अनुसार यो प्रिमियम फिचर हो ।

गाडीको माथि रहेको रुफ रेल्सले स्पोर्टी र एसयुभीको फिल दिन्छ । साथै यसमा एन्टिना पनि छ ।

यसमा रियर एलईडी लाइट विथ कनेक्टिङ छ । रेग्मीका अनुसार  यो ‘बेष्ट इन एन्ड फष्ट इन सेग्मेन्ट’ हो  । रातिको समयमा यो गाडीको चमक एकदमै राम्रो हुन्छ र झन् प्रिमियम पनि देखिन्छ ।

साथै रियरमा पनि हुण्डाइको ब्याच छ भने भेन्यु पनि निकै स्मार्ट तरिकाले लेखिएको छ । यो कार सेतो, टाइटन ग्रे, फाइरी रेड, टाइफुन सिल्भर र डेनी ब्लु कलरमा उपलब्ध छ । ‘ब्ल्याक कलरमा पनि ग्राहकलाई उपलब्ध गराउँछौं,’ रेग्मी भन्छन् ।

गाडी लक र अनलक गर्दा अलग्गै लाइट बल्ने र फोल्ड तथा अनफोल्ड हुने पडल ल्याम्प यसमा छ । रातिको समयमा गाडी चढ्ने मान्छेलाई सहज र सुरक्षित होस् भनेर यस्तो सुविधा राखिएको रेग्मीको भनाइ छ ।

शक्तिशाली गाडी

यो गाडी शक्तिशाली पनि छ । यसमा  १.२ काप्पा पेट्रोलको इन्जिन छ । ग्राहकको मागअनुसार १.० टर्बो जीडीआई अप्सन पनि छ । १.२ कापा पेट्रोल इन्जिनले ८३ पीएस पावमा ११३.८ एनएमको टर्क उत्सर्जन गर्छ ।

यो इन्जिन आई–१० मा, ग्राण्ड आई– १० मा, आई–२० मा, आई–२० एक्टिभ र यसअघिको भेन्यु मोडलमा पनि प्रयोग भएको थियो । ‘यो इन्जिनबारे हाम्रा ब्राण्डका अरु गाडीहरु चालाएका ग्राहकहरु जानकार हुनुहुन्छ,’ रेग्मी भन्छन् ।

रेग्मीका अनुसार ‘एयर इन्टेक’ पहिलेको भन्दा स्तरीय भएर आएको छ ।  नेपाली सडकमा धेरै रुचाइउको भेन्यु सेगमेन्टको यो फेस लिफ्टलाई ग्राहले अझै बढी रुचाउनेमा सन्देह नरहेको बताए ।

सफा इन्टिरेयर र सुविधाहरु

यसको इन्टरेरियर पनि सफा, फराकिलो, सुन्दर र सुविधायुक्त छ ।भित्र वायरलेस चार्जर उपलब्ध छ । यसमा गाडीको अघि मात्रै नभई पछाडि बस्ने प्यासेन्जरका लागि पनि यूएसबी चार्जर सुविधा उपलब्ध छ ।

इलेक्ट्रिक पावर स्टेयरिङ छ । यहाँ सिट र स्टेरिङलाई आफ्नो आवश्यकताअनुसार तलमाथि गर्न सकिन्छ ।

सिट र ब्याक सर्पोट पनि सहज छ । कारमा अटोमेटिक एसी प्रणाली छ । आवश्यकताअनुसारको एयर कन्डिसन कारमा उपलब्ध हुन्छ । यसमा डिजिटल डिस्प्ले छ । गाडीमा रहेको म्युजिक सिस्टम निकै राम्रो छ । एफएमसहित युएसबी सुविधाका अलावा प्राकृतिक संगीतहरु सुन्ने सुविधा पनि उपलब्ध छ ।

कारमा सुविधायुक्त टचस्क्रिन छ । रिभर्स गर्दा टचस्क्रिनमा लोकेसन पनि देखिन्छ भने स्टेयरिङ सिधा छ कि छैन भन्ने पनि देखिन्छ ।

रियरमा बस्ने प्यासेन्जरका लागि दुई ‘स्टेप’मा सिट अगाडि पछाडि गर्न सकिन्छ । यो निकै आरामदायी हुन्छ । रेग्मीका अनुसार पछाडी बसेका प्यासेन्जरलाई घुँडालाई अप्ठ्यारो नहोस भन्नका लागि फाराकिलो र सजिलो हुन्छ भनेर यो गाडीमा निकै राम्रो र फराकिलो बनाइएको छ ।  यस्तै रियर एसी पनि उपलब्ध छ ।

यो गाडीको ढोकामा रहेको प्रोक्सिमिटी सेन्सरले एउटा बटमलाई थिचेर ‘लक’ वा ‘अनलक’ गर्न सकिन्छ ।

रिभर्स क्यामेरा र रिभर्स सेन्सर पनि यसमा छ । यसको लुक्स पहिलो जेनेरसनको भेन्यु भन्दा फराकिलो देखिन्छ । कारमा इलेक्ट्रिक सनरुफ पनि  ।

गाडीको  ग्राउण्ड क्लेरेयन्स १९५ एमएम भएकाले यो नेपालको जस्तो खाल्डा खुल्डी भएको सडकका लागि निकै सहज छ ।

बलियो  सुरक्षा प्रणाली

यो गाडी उत्तिकै सुरक्षित पनि छ । यसमा अगाडि २ वटा एयर ब्याग छ । साथमा ‘एन्टिलक ब्रेकिङ सिस्टम’ पनि छ ।

यो कारमा रहेको इलेक्ट्रोनिक स्ट्याबलिटि कन्ट्रोल, भेकल स्ट्याबलिटी म्यानेजमेन्ट र ह्वील होल्ड प्रणाली यसमा बेष्ट इन सेग्मेन्ट हुन् । यी फिचर ‘एस’ भेरियन्टदेखि नै उपलब्ध छ ।

कारमा डिजिटल क्लस्टर छ । यसमा कम्पास, टयर प्रेसर मनिटरिङ सेवा पनि उपलब्ध छ । साथै गाडी कति गुड्यो, माइलेज र फ्युल खपत पनि यहाँ देख्न सकिन्छ ।

बुट स्पेसमा धेरै सामान राख्नु पर्यो सिटलाई ‘एडजस्ट’ गर्न सकिन्छ । गाडीमा ३५० लिटरको बुट स्पेस छ । ‘सामान्य अवस्थामा परिवार घुम्न जानका लागि २ वटा लगेज गाडीमा राख्न सकिन्छ,’ रेग्मी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?