+
+

मधेशमा पनि जनमत पार्टीको मन्त्रालय फेरियो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १२ गते २०:२७

१२ माघ, जनकपुरधाम । मधेश प्रदेशमा पनि चाहेको मन्त्रालय नपाएपछि जनमत पार्टीले विरोध जनाएको छ । जनता समाजवादी पार्टीका नेता मुख्यमन्त्री सरोजकुमार यादवले जनमत पार्टीका बसन्त कुशवाहलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएपछि उनले अस्वीकार गरेका छन् ।

मंगलबार मन्त्रिपरिषदको बैठकले बिना विभागीय तीन मन्त्रीको जिम्मेवारी तोक्ने निर्णय गरेको थियो । जसमा जसपाका सञ्जय यादवले अर्थ, नेकपा एमालेका सरोजकुमार यादवले भौतिक पूर्वाधार मन्त्री र जनमतका बसन्त कुशवाहलाई सामाजिक विकास मन्त्रालय लिने सहमति बनेको थियो ।

तर, बिहीबार प्रदेश प्रमुख कार्यालयले सरकारको सिफारिसमा गरेको मन्त्रीहरुको कार्यविभाजन सम्बन्धी पत्रमा जनमतका मन्त्री कुशवाहलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय दिएको उल्लेख छ ।

‘प्रदेश प्रमुख कार्यालयबाट प्रकाशित कार्यविभाजनको पत्र हेर्दा हामी आश्चर्यचकित भएका छौं, ’जनमत पार्टीको मधेश प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादवले भने ‘हाम्रो मन्त्रीले यो मन्त्रालय स्वीकार्दैन । पार्टी यस विषयमा बसेर छलफल गर्छौ ।’

केन्द्र सरकारमा पनि जनमत पार्टीका अब्दुल खानलाई उद्योग मन्त्रालय दिने सहमति भएपनि मन्त्रिपरिषद विस्तारका क्रममा खानेपानी मन्त्रालय दिइएको थियो । एक हप्तासम्म उक्त मन्त्रालय नलिएका खानले बुधबार भने कार्यभास सम्हालेका छन् ।

मधेश प्रदेशमा १० वटा मन्त्रालय छ । जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवका अनुसार सुरुमा एमाले ४, जसपा मुख्यमन्त्रीसहित ३ र जनमतले तीनवटा मन्त्रालय लिने र माओवादी केन्द्रलाई एउटा मन्त्रालय दिने सहमति बनेको थियो ।

गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका जसपा संसदीय दलका नेता सरोजकुमार यादवले पुस २९ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । उनले सोही दिन जसपा, एमाले र जनमतबाट एकएक गरी तीन मन्त्रीलाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री यादवले मन्त्रिपरिषदलाई अझै पूर्णता दिन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?