+
+

धनगढीमा लागुऔषधसहित दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १३ गते १४:४३

१३ माघ, धनगढी । प्रहरीले सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीबाट लागुऔषधसहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–९ बाग्राकटानबाट उपमहानगरपालिका-५ बस्ने १८ वर्षीय विरेन्द्र कुमाल र १७ वर्षीया करिना राना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले उनीहरुलाई दुई ग्राम ५७० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरिएको जानकारी दिए ।

डीएसपी जोशीका अनुसार दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ । प्रहरी निरीक्षक उपेन्द्र बम नेतृत्वको टोलीले राति युवा–युवतीलाई नियन्त्रणमा लिएको थियो ।

धनगढी उपमहानगरपालिका– २ बस्ने भीमबहादुर कुँवरलाई पनि लागुऔषधसहित पक्राउ गरिएको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रमुख प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले कुँवरलाई बिहीबार राति बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रहरी प्रवक्ता जोशीकाअनुसार कुँवरको साथबाट सेतो सुगर जस्तो देखिने एक ग्राम पाँच सय मिलिग्राम लागुऔषध बरामद गरिएको छ । अस्थायी प्रहरी पोष्ट बसपार्ककै टोलीका प्रहरी सहायक निरीक्षक चन्द नेतृत्वकै टोलीले लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई पनि पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?