+

उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटल र फुटबल प्रतियोगिता : संस्कृति र निस्टको विजयी सुरुवात

२०७९ माघ  १३ गते २०:४८ २०७९ माघ १३ गते २०:४८
उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटल र फुटबल प्रतियोगिता : संस्कृति र निस्टको विजयी सुरुवात

१३ माघ, काठमाडौं। नेसनल स्कुल अफ साइसेन्स (एनएसएस) उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटल तथा फुटबल प्रतियोगिता सुरु भएको छ ।

शुक्रबार प्रतियोगिताको उद्घाटन संस्थापक प्रिन्सिपल डा. माधव प्रसाद बराल, राष्ट्रिय महिला बास्केटबल टोलीका कप्तान सदिना श्रेष्ठ तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङले संयुक्तरूपमा गरेका थिए ।

पहिलो दिन महिला बास्केटबलतर्फ जनप्रेमी स्कुललाई हराउँदै संस्कृति अन्तर्राष्ट्रिय स्कुलले विजयी सुरुवात गरेको छ ।

माघ २२ गतेसम्म हुने प्रतियोगितामा बास्केटबलतर्फ सेन्ट जेभियर स्कुल, भ्याली पब्लिक स्कुल, बौद्ध इन्टरनेस्नल स्कुल, जनप्रेमी हाइ सेकेन्डरी स्कुल, इम्पेलियल वार्ड स्कुल, निस्ट ए, निसर्ग बाटिका स्कुल, त्रियोग हाइ स्कुल, काठमाडौं प्रज्ञाकुञ्च, बुद्ध एकेडेमी, कान्जीरोव नेस्नल स्कुल, निस्ट बी, दिक्षालय फाउन्डेसन, संस्कृति इन्टरनेस्नल स्कुल र विद्यासंस्कार इन्टरनेस्नल स्कुल गरी ११ टोलीको सहभागीता छ ।

यसैगरी फुटबलतर्फको खेलमा एभेरेन्ट पब्लिक एकेडेमीलाई हराउँदै निस्ट स्कुलले विजयी सुरुवात गरेको छ ।

प्रतियोगिताको फुटबलतर्फ सेन्ट जेभियर स्कुल, विद्या संस्कार इन्टरनेशनल स्कुल, जनप्रेमी हाइ सेकेन्डरी स्कुल, बृहस्पती विद्यासदन, एभरेस्ट पब्लिक स्कुल, बौद्ध इन्टरनेस्नल स्कुल, निस्ट, निसर्ग बाटिका स्कुल, इम्पेरियल वर्ड स्कुल, जन डेवी स्कुल, राजर्शी गुरुकुल स्कुल र त्रियोग हाइ स्कुलगरी १२ टोलीको सहभागीता छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

उपत्यकाव्यापी अन्तरविद्यालय
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय