+
+

भारतसँगको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा ४३ खेलाडी बोलाइयो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १६ गते १६:२७
फाइल तस्वीर ।

१६ माघ, काठमाडौं । भारतसँग अर्को महिना हुने महिला मैत्रीपूर्ण फुटबल खेलका लागि ४३ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक चरणमा ४३ खेलाडीलाई बोलाएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फाले दुई दिनअघि थापालाई प्रशिक्षक नियुक्त गरेको थियो ।

महिला टोलीको बन्द प्रशिक्षण सातदोबाटोस्थित एन्फाको खेल मैदानमा मंगलबारदेखि सुरु हुने एन्फाले जनाएको छ । नेपाली राष्ट्रिय महिला टोलीले आगामी फेब्रुअरीमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने छ । नेपाल र भारतबीच फेब्रुअरी १३ देखि २५ भित्रमा चेन्नाईमा दुई खेल हुने तालिका छ ।

बन्द प्रशिक्षणमा बोलाइएका मध्ये प्रिती राई, दिपा शाही, अमिशा कार्की, कविता विक, सरस्वती हमाल र कुशुम खतिवडा बंगलादेशमा हुने साफ यू-२० महिला च्याम्पियनसिप खेल्न जाँदैछन् ।

बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडी

अमिषा कार्की, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, अञ्जली वाइवा, अञ्जना राना मगर, अञ्जिला तुम्बापो सुब्बा, अनुष्का शेर्पा, विमला विक, विमला चौधरी, चन्द्र भण्डारी, दिपा न्यौपाने, दीपा शाही,घिम गुरुङ , गंगा गुरुङ, गौतम कुमारी , गीता राणा, हिमा चौधरी, हिरा कुमारी भुजेल, कविता विक, कविता धिमाल, खुस्मा राई, कुसुम खतिवडा,

मनिका कुस्वार, मञ्जली कुमारी योञ्जन, मेनुका आले मगर, निर्मला विक, निशा थोकर, प्रीति राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेणुका नगरकोटे, सविता राना मगर, सावित्रा भण्डारी, समीक्षा घिमिरे, सञ्जु कुमाल, सपना राई, सरस्वती हमाल, सरस्वती ऐयर, सरु लिम्बु, सिर्जना चेम्जोङ, सिर्जना सिंह ठकुरी, सुनिता चौधरी, उषा नाथ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?