+
+

मन्त्री किरातीले भने – गौतमबुुद्ध विमानस्थलबाट नेपाल एयरलाइन्सको जहाज उड्छ

टोपराज शर्मा टोपराज शर्मा
२०७९ माघ २२ गते १३:४३

२२ माघ, बुटवल । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्काल नेपाल एयरलाइन्सको जहाज सञ्चालन गर्न पहल गर्ने बताएका छन् ।

मन्त्री भएपछि पहिलोपटक विमानस्थल आएका उनले अहिले रोकिएको उडान सुरू गर्न नेपाल एयरलाइन्सको विमान ल्याउनुपर्ने विषय उठेकाले यसबारे तत्काल पहल थाल्ने बताए ।

गौतमबुद्ध विमानस्थलमा ६ महिनादेखि अन्तर्राष्ट्रिय उडान बन्द छ । आइतबार विमानस्थल निरीक्षणपछि पत्रकारहरुसँग बोल्दै मन्त्री किरातीले विमानस्थलमा नियमित उडानका लागि उच्चस्तरीय तहबाट कुटनितिक र मन्त्रालयबाट प्राविधिक समस्या हल गर्ने प्रतिबद्वता जनाए ।

उनले विमानस्थलमा रोकिएको उडान नियमित गराउन भारतसँग रूटका लागि प्रधानमन्त्री तहबाट कुटनीतिक पहल गर्ने बताए । मन्त्री किरातीले प्रधानमन्त्री प्रचण्डको भारतीय भ्रमणमा गौतमबुद्व विमानस्थलको रूटको एजेन्डा राख्ने बताए ।

‘प्रधानमन्त्रीको भारत भ्रमणमा गौतमबुद्व विमानस्थललाई आवश्यक हवाई रुटको बिषय मुख्य अजेन्डामा पर्छ,’ उनले भने, ‘श्रीलंकाबाट सिधा भैरहवा उडानका लागि परराष्ट्र मन्त्रीको भ्रमणमा पनि कुरा भएको छ ।’

निरीक्षणअघि विमानस्थलको अवस्थाका बारेमा गरिएको बिफ्रिङमा मन्त्री किरातीले कर्मचारीहरुलाई विमानस्थल सञ्चालनका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए ।

उनले विमानस्थल देशको अनुहार भएकाले गौतमबुद्व विमानस्थल सफा राख्न आग्रह गरे । मन्त्रालयका सचिव सुरेश अधिकारीले कार्यालयहरूबीच समन्वय गरेर अगाडि बढ्दा धेरै समस्या हल हुने बताए ।

विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले रूटका कारणले भारतीय आकाश प्रयोग गर्न नपाउँदा उडान रोकिएको बताउँदै सञ्चालनका लागि निजी क्षेत्र, स्थानिय सरकार र प्रदेश सरकारसँग पनि छलफल गरिएको बताए ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?