बिहान उठ्नासाथ के गर्ने ?

बिहान उठ्नासाथ के गर्ने ?

काठमाडौं । बिहानको सुरुवात राम्रो भए दिनभर नै शरीर चुस्त र फूर्तिलो हुन्छ भनिन्छ । त्यसैले बिहान उठेपछि के गर्ने भन्नेमा विशेष ध्यान दिनुपर्छ ।

व्यस्त जीवनशैलीले अधिकांश मानिस आफ्नो दैनिकीमा ध्यान दिइरहेका हुँदैनन् । दिनभर कामको चिन्तामा कसरी बित्छ भन्ने पत्तै हुँदैन । यस्तोमा बिहानको समय पनि हामीले राम्ररी बिताएनौं भने त्यसको प्रभाव दैनिकीमा पर्छ । बिहान उठ्नासाथ के गर्ने भन्ने विषयमा प्राकृतिक चिकित्सक दीपा पाण्डेले दिएको सुझाव :

सधैं एउटै समयमा उठ्ने

बिहान सूर्योदयभन्दा अघि उठ्न सकिन्छ भने एकदमै राम्रो हुन्छ । सूर्योदयअघि उठ्न सकिंदैन भने पनि हरेक बिहान एकै समयमा उठ्ने प्रयास गर्नुपर्छ । हरेक दिन एकै समयमा उठियो भने शरीर चक्र कायम रहन्छ । त्यसमा परिवर्तन भयो भने मन पनि विचलित हुन सक्छ ।

बेडबाट उठ्नुअघि शरीरलाई स्ट्रेचिङ गर्ने

सुतेको समयमा हाम्रो शरीरको मांसपेशी, खासगरी मेरुदण्डको हड्डी कठोर भएको हुन्छ । जसलाई सामान्य अवस्थामा फर्काउन शरीरलाई स्ट्रेच गर्नुपर्छ । तीन-चारपटक शरीर स्ट्रेच गर्ने र बायाँ फैलिएर सकारात्मक ऊर्जालाई महसुस गर्ने गर्दा दिनभर शरीर चुस्त र फूर्तिलो बन्छ ।

मनतातो पानी पिउने

बिहान उठेपछि पानी पिउने बानी बसाल्नुपर्छ । आफ्नो इच्छाअनुसार मनतातो वा चिसै पनि पानी पिउन सकिन्छ । यसले गर्दा शरीर हाइड्रेटेड मात्र रहँदैन, दिसा पिसाबमा पनि सहज हुन्छ । यसले दिनभर पेटमा ग्यासको समस्या हुँदैन ।

शौचालय जाने

बिहान ५ देखि ६ बजेसम्मको समय शौचालय जानका लागि उत्तम हुन्छ । वास्तवमा, यस समयमा हाम्रो शरीरमा अधिक हावा हुन्छ, जसले दिसालाई राम्रोसँग बाहिर निस्कन मद्दत गर्छ । त्यसैले समयमै दिसा पास गर्न सजिलो हुन्छ ।

मर्निङवाक

बिहान उठेर तुरुन्तै अफिस जान हतार गर्नु हुँदैन ।  बिहानको समयमा करिब २० देखि ३० मिनेट हिंड्ने वा दौडिने समय निकाल्नुपर्छ । यसले शरीरमा रक्तसञ्चार बढाउँछ, जुन स्वास्थ्यका लागि राम्रो हुन्छ ।

बिहानको नास्ता

राति खाना खाएर सुतेपछिको कम्तीमा ९-१० घण्टा हाम्रो पेट खाली हुन्छ । यसपछि गरिने नास्ताले शरीरको ऊर्जा र पोषक तत्त्वको भण्डारलाई भरपाई गर्छ । बिहानको नास्ताले शरीरको पाचन यन्त्रलाई सक्रिय बनाउँछ र दिनभरको लागि ऊर्जा प्रदान गर्ने विभिन्न अध्ययनमा उल्लेख छ । बिहान उठेपछि मस्तिष्क र मांसपेशीलाई सक्रिय बनाउन पनि बिहानको नास्ता महत्त्वपूर्ण छ ।

बिहान उठ्नासाथ गर्नु हुँदैन यी गल्ती

उठ्नासाथ मलमूत्र त्याग नगर्नु

कतिपय मानिस बिहान उठेर शौचालय जान अल्छी मान्छन् तर उठेर मनतातो पानी पिइसकेपछि मलमूत्र त्याग गर्नुपर्छ । किनभने यसो नगर्दा शरीरमा विकार फैलिन्छ । त्यसैले बिहान उठेपछि आरामपूर्वक मलमूत्र त्याग गर्नैपर्छ ।

उठ्नासाथ दूध चिया पिउनु

कतिपय व्यक्तिको उठ्नासाथ दूध चिया खाने बानी हुन्छ । बिहान उठ्नासाथ खाली पेटमा दूध राखेको चिया पिउँदा भोक हराउने, शरीर आलस्य हुनेजस्ता समस्या देखा पर्न सक्छ । भोक नलाग्दा शरीरले आवश्यक पोषक तत्त्व नपाएर पेट पोल्ने, अमिलो पानी आउने र ग्यास्ट्रिकको समस्या समेत हुन्छ ।

हत्तपत्त उठेर काममा लाग्नु

दिनको आरम्भ बिस्तारै-बिस्तारै शान्तपूर्वक गर्नुपर्छ । उठ्ने बित्तिकै हत्तपत्त काममा लागिहाल्नु हुँदैन । आँखा खुलेपछि थोरै समय ओछ्यानमै आराम गर्नुपर्छ । यसरी उठ्दा सुप्त अवस्थामा रहेको शरीरको ऊर्जा राम्ररी सञ्चार हुन पुग्छ । यसले शरीरमा ऊर्जाको संचारलाई सन्तुलित गर्छ ।

बिहानको नास्ता नगर्नु

रातिको खाना र बिहानको खानाबीच लामो ‘ग्याप’ हुन्छ, जसले ब्लड सुगर लेभल कम हुन्छ । यदि सुतेर उठेको एक घण्टामा हामीले केही खाएनौं भने ब्लड सुगर लेभल अझ घट्छ । त्यसैले बिहानको नास्ता गर्नु जरुरी हुन्छ । तर ब्रेकफास्ट भने ताजा हुनुपर्छ । चिया, बिस्कुटजस्ता खानेकुराभन्दा भिजाएको बदाम, रोटी, फल सेवन गर्नुपर्छ ।

आँखा खोल्नासाथ मोबाइल चलाउनु

बिहान निद्रा खुल्नासाथ मोबाइल चलाउने धेरैको बानी हुन्छ । आँखा मिच्दै फोनमा इमेल, म्यासेज चेक गर्न थाल्छन् । यसले उठ्नुअघि नै तनाव पैदा गरिदिन्छ । त्यसैले उठ्नासाथ मोबाइल चलाउनु हुँदैन ।

एक्सरसाइज नगर्नु

धेरैजसो मानिस बिहान उठ्नासाथ काममा लाग्छन् । त्यसअघि हल्का व्यायाम गर्नैपर्छ । शारीरिक काम गर्नु र व्यायाम गर्नुमा फरक छ । काम गर्दा शरीरको एक भागलाई मात्र असर परिरहेको हुन्छ । मानसिक तनाव हुन्छ । तर प्रफुल्ल मुद्रामा गरिने व्यवस्थित व्यायामले शरीरको समग्र भागलाई लाभान्वित तुल्याउँछ ।

जीवनशैली बिहान
लेखक
सुमित्रा लुइटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

प्यान्क्रियाजको क्यान्सरका कारण र उपचार

प्यान्क्रियाजको क्यान्सरका कारण र उपचार

कुनै डरलाग्दो घटनाले पार्ने मानसिक आघातको के छ उपचार ?

कुनै डरलाग्दो घटनाले पार्ने मानसिक आघातको के छ उपचार ?

कलेजो प्रत्यारोपणपछि ध्यान दिनुपर्ने कुरा

कलेजो प्रत्यारोपणपछि ध्यान दिनुपर्ने कुरा

यस्ता हुन्छन् यौन प्रतिक्रियाका चार चक्र

यस्ता हुन्छन् यौन प्रतिक्रियाका चार चक्र

जाडोयाममा हाइपोथर्मियाको जोखिम

जाडोयाममा हाइपोथर्मियाको जोखिम

इच्छाशक्ति कसरी बढाउने ?

इच्छाशक्ति कसरी बढाउने ?