कलाकार रविन्द्र खड्का । फाइल तस्वीर								
											काठमाडौं । चलचित्र विकास बोर्डको सल्लाहकार समितिको सदस्य पदबाट अभिनेता तथा चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले राजीनामा दिएका छन् । सामाजिक सञ्जालमा राजीनामा पत्रसहितको जानकारी सार्वजनिक गर्दै उनले राजीनामा दिएको उल्लेख गरेका छन् ।
सल्लाहकार समितिले दिएका सुझाव कार्यान्वयन हुन नसकेको र केही महिनायता बोर्डबाट विवादित काम हुँदै आएकाले राजीनामा दिएको उनले उल्लेख गरेका छन् । ‘पद मात्र ओगटेर चुपचाप बस्नुपर्ने बाध्यतालाई त्याग्न चाहें,’ उनले लेखेका छन्, ‘साथै म कलाकार संघको अधिवेशनमा पनि खटिनुपर्ने भएकाले राजीनामा दिएको छु ।’
कसैसँग व्यक्तिगत मनमुटाव नभएको र पदको लोभ पनि नभएको उनले जनाएका छन् । उनको राजीनामा चलचित्र विकास बोर्डले माघ २० गते स्वीकृत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4