+
+

श्वेताको योजना : दशैंसम्म छोरीको स्याहारमा रमाउने, त्यसपछि फिल्म

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २५ गते १२:०४

काठमाडौं । मम्मी बनेपछि श्वेता खड्काको दैनिकी बदलिएको छ । छोरी ब्रायनालाई स्याहार गर्दैमा उनी व्यस्त छिन् । अधिकांश समय ‘मदरहुड सेलिब्रेसन’मा बित्छ । सन्तानलाई जन्माएपछि उनी बेस्ट मम्मी बन्ने प्रयासमा छिन् । कम्तीमा आगामी दशैंसम्म ‘मदरहुड’मै समय बिताउने उनको योजना छ ।

त्यसपछि फिल्म र व्यवसायको दैनिकीमा फर्कने तालिकामा छिन् । दशैंपछि फिल्मको प्रोजेक्टलाई अघि बढाउने उनको योजना छ । अनलाइनखबरसँग श्वेताले भनिन्, ‘कम्तीमा दशैंसम्म मदरहुड र त्यसपछि फिल्म लगायतका प्रोजेक्टमा अघि बढ्छु ।’

उनी महिला सशक्तीकरणसम्बन्धी कुनै एक फिल्म निर्माण गर्न चाहन्छिन्, जुन उनको पहिल्यैदेखिको धोको पनि हो । ‘कहाँ भेटिएला’देखि अभिनयमा करिअर थालेकी श्वेताले हाँसिदेऊ एकफेर, श्रीमान श्रीमती, कोहिनूर र कान्छीमा अभिनय गरेकी छन् । यी फिल्मको केन्द्रमा नारी संवेदना जोडिएका छन् । जसकारण यस्ता कथावस्तुमा फिल्म बनाउने आफ्नो रुचि रहेको श्वेताको कथन छ ।

जल शाहले दिइन् श्वेतालाई ‘सरप्राइज’

मंगलबार एक कफी सपमा कुनैबेलाकी हिट अभिनेत्री जल शाह र श्वेताबीच गेट–टुगेदर भयो । झण्डै एक घण्टासम्म यी दुईले कफी गफ गरे । उनले ब्रायनाको हालखबरदेखि नेपाली फिल्मबारे गफगाफ समेत गरे । अमेरिकामा हुँदा पनि श्वेतासँग जलले टेलिफोनमार्फत कन्भर्सेसन गर्ने गरेकी थिइन् ।

यो भेटमा जलले श्वेताको लागि सरप्राइज बर्थडे पार्टी पनि दिइन् । जलले ल्याएको केक काटेर बर्थडे सेलिब्रेसन गरिन् । तर श्वेताको जन्मदिन भने फेब्रुअरी ५ मा थियो । ‘सिनियर कलाकारले माया गरेर यसरी भेटेकोमा एकदम खुसी छु,’ श्वेताले भनिन् ।

जल शाह सपरिवार नेपाल भ्रमणमा छिन् । काठमाडौं बसाइमा उनले निकट फिल्मकर्मीसँग भेटघाट गरिरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?