+
+

‘भ्यालेन्टाइन डे’मा कवि बसन्त चौधरीको एकल कविता वाचन कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २५ गते १५:१२

काठमाडौं । ‘भ्यालेन्टाइन डे’(प्रणय दिवस) अर्थात १४ फेब्रुअरीका दिन कवि तथा गीतकार बसन्त चौधरीको एकल कविता वाचन कार्यक्रम आयोजना हुने भएको छ ।

‘कवितासँग वसन्त’ नाम दिइएको एकल कविता वाचनको उदेश्य ‘लभ इज इन दि एयर’ राखिएको छ । काठमाडौंको मण्डला थिएटरमा २ फागुन दिउँसो ३ः४५ बजेदेखि कवि चौधरीले प्रेमसँग सम्बन्धित एक दर्जन बढी कविता बाचन गर्ने कार्यक्रम रहेको छ ।

उक्त दिन कवि चौधरीको दुईवटा पुस्तक ‘मेरा गीत’(गीतहरुको संग्रह) र ‘जीवनमन्त्र–२’(सुक्ति संग्रह) समेत लोकार्पण गरिने कार्यक्रम रहेको छ ।   ।

केही समयअघि उनका ८५ वटा कविताहरुको संग्रह ‘तिमीविनाको म’ सार्वजनिक भएको थियो । यसमा संग्रहित अधिकांश रचना प्रेमसँग सम्बन्धित छन् । त्यसअघि हिन्दी काव्य संग्रह ‘अनेक पल और मैं’ सार्वजनिक भएको थियो । ‘मेघा’देखि ‘तिमीविनाको म’सम्म उनका एकदर्जन कृतिहरु प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?