+
+

गौशालामा लुटपाटको उद्देश्यले पुरुषको हत्या, एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते १४:३६

२६ माघ, काठमाडौं । मंगलबार विहान काठमाडौको गौशाला नजिकै रुद्रनगरमा मृत भेटिएका पुरुषको हत्या भएको खुलेको छ ।

प्रहरीले हत्या आरोपमा मोरङका ३२ वर्षका रामबहादुर थापालाई पक्राउ गरेको छ । उनले लुटपाट गर्ने उद्देश्यले हत्या गरेको खुलेको जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीले हत्या भएको व्यक्तिको पनि पहिचान गरेको छ । उनी वीरगञ्ज घर भई टोखा बस्ने ध्रुवबहादुर खड्का भएको प्रहरीले बताएको छ ।

एसएसपी कार्कीका अनुसार थापाले खड्कासँग भएको नगद र सामान लुट्ने उद्देश्यले कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । थापाले गौशालाको रुद्रनगर शान्ति मार्गमा खड्काको छातीमा दुबै खुट्टाले हानिरहेको नजिकैको सीसीटीभी फुटेमा पनि देखिएको प्रहरीले बताएको छ ।

प्रहरीले थापाको साथबाट लुटिएको मोवाइल र पर्स पनि बरामद गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालका अनुसार थापाले धेरै पैसा हुन सक्ने अनुमान गरेर आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । तर पैसा केही हजार मात्र भेटिएको पाइएको प्रहरीको भनाइ छ ।

हत्या आरोपमा पक्राउ परेका थापा यसअघि २०७७ सालमा गाजा सहित पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?