+
+

संसदबाट निस्केपछि ओलीले दिए महन्थलाई ‘लिफ्ट’

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २७ गते १७:१२

२७ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई संसदबाट निस्केपछि आफ्नो गाडीमा चढाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको संबोधन सकिए लगत्तै संसदबाट बाहिरिएका ओलीले ठाकुरलाई आफ्नो गाडीमा चढाएर लगेका हुन् । ओली निवास बालकोटमा दुई नेताबीच संवाद हुने लोसपा स्रोतले जानकारी दिएको छ ।

यसअघि संसदबाट बाहिर निस्कने क्रममा पत्रकारसँग छोटो प्रतिक्रिया दिएका ओलीले आफूहरुले भनेकै व्यक्ति राष्ट्रपति हुने दाबी गरे । उनले भने,‘हामीले जो भन्छौं, उही हुन्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?