+
+

भूकम्पको पीडाका बीच टर्कीमा लुटपाटका घटना बढे, ४८ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते ९:०९
Photo Credit : Dilara Senkaya/ Reuters

२९ माघ, काठमाडौं । भूकम्पको पीडामा रहेको टर्कीमा लुटपाटका घटना बढेका छन् । लुटपाटमा संलग्न भएको भन्दै हालसम्म ४८ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

गत सोमबार बिहान ७.८ म्याग्निच्युडको भूकम्प जाँदा टर्की र सिरियामा हालसम्म २८ हजार जनाको मृत्यु भइसकेको छ । यो पीडाका बीच लुटपाटका घटनाले थप चिन्ता बढाएको छ ।

समाचार एजेन्सी अनादोलुका अनुसार लुटपाटका घटनाबारे अनुसन्धानका लागि एक कमिटी गठन गरिएको छ । कमिटीको अनुसन्धानपछि आठ अलग-अलग प्रान्तबाट संदिग्ध ४८ जनालाई पक्राउ गरिएको छ ।

यसअघि टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले लुटपाट लगायतका अपराधमा संलग्नलाई कडा कारबाही गर्न निर्देशन दिएका थिए ।

भूकम्पपछि राष्ट्रपति एर्दोआनले टर्कीका १० प्रान्तमा तीन महिनासम्मका लागि संकटकाल घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?