 
																			२९ माघ, काठमाडौं । सरकारले १ फागुनमा जनयुद्ध दिवसको बिदा दिएकामा सत्तारुढ घटक राष्ट्रिय प्रजातन्त्र पार्टीले असन्तुष्टि जनाएको छ । आइतबारको मन्त्रिपरिषद बैठकले जनयुद्धको अवसरमा बिदा दिने निर्णय गरेको थियो ।
१ फागुन २०५२ मा तत्कालिन नेकपा माओवादीले पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा हिंसात्मक आन्दोलन सुरु गरेको थियो । सोही दिनको सम्झनामा प्रचण्ड नेतृत्वको सरकारले बिदा दिएको हो । उक्त बैठकमा राप्रपाका मन्त्रीहरु सहभागी भएनन् । राप्रपाबाट उपप्रधानमन्त्री तथा उर्जामन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री बिक्रम पाण्डे, कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा राज्यमन्त्री दीपकबहादुर सिंह मन्त्रिपरिषदमा छन् ।
एक मन्त्रीले भने, ‘अचानक मन्त्रिपरिषद बैठक बोलाइयो, जनयुद्ध दिवस एजेण्डामा छ भन्ने थाहा पाएपछि हामी गएनौं ।’ ती मन्त्रीका अनुसार मन्त्रीहरुलाई बैठकको एजेण्डा दिइएको थिएन । आइतबार विहान सत्ता गठबन्धन दलका शीर्ष नेताबीच छलफल हुँदा पनि यो विषय उठेको थिएन ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले कुनै राजनीतिक दलको अगुवाइमा भएको हिंसात्मक द्वन्द्वलाई उत्सवको रुपमा मनाउनु दुर्भाग्य र बिडम्बनापूर्ण भएको बताए ।
अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘राष्ट्र निर्माताको सम्मानमा उत्सव मनाउन कन्जुस्याइँ गरियो, बल्ल बल्ल बिदा मात्र दिइयो, त्यही स्तरमा कुनै हिंसात्मक घटनालाई सम्झाउन बिदा दिनु बेठीक हो, हाम्रो सहमति छैन ।’
राप्रपाले पृथ्वी जयन्तीमा २७ पुसमा बिदा दिनुपर्ने अडान राखेको थियो र सरकारले बिदा पनि दिएको थियो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4