+
+

रियलमाथि बार्सिलोनाको ११ अंकको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते ८:४७

१ फागुन, काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले आइतबार राति भएको खेलमा भियारियाललाई १-० ले पराजित गरेको छ ।

यस जितपछि बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि ११ अंकको अग्रता बनाएको छ ।

भियारियालको मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन पेड्रीले निर्णायक गोल गरे । उनले खेलको १८ औं मिनेटमा रोवर्ट लेवान्डोस्कीको पासमा गोल गरेका थिए ।

जितपछि बार्सिलोनाले २१ खेलबाट ५६ अंक जोडेको छ । एक खेल कम खेलेको रियलको ४५ अंक छ ।

भियारियाल २१ खेलबाट ३१ अंकसहित आठौं स्थानमा छ ।

लिग अन्तर्गत एट्लेटिको मड्रिडले सेल्टाभिगोलाई १-० ले पराजित गरेको छ । एट्लेटिकोका लागि मेम्फिस डिपाएले ८९औं मिनेटमा एक मात्र गोल गरे ।

२१ खेलबाट ३८ अंक जोडेको एट्लेटिको चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?