+
+

आन्दोलित यातायात मजदुर र सरकारबीच सिंहदरबारमा वार्ता जारी

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २ गते ९:१५
Photo Credit : NAN

२ फागुन, काठमाडौं । सरकार र आन्दोलित यातायात मजदुरबीच सिंहदरबारमा वार्ता सुरु भएको छ । ट्राफिक जरिवाना बढाइएकोलगायत १० बुँदे मागसहित आन्दोलनमा उत्रिएका मजदुरसँग सरकारले सिंहदरबारमा वार्ता सुरु गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमै वार्ता सुरु भएको छ । वार्ता ट्राफिक जरिवाना र आन्दोलन फिर्ता गर्ने विषयमा केन्द्रित भएको छ ।

विभिन्न माग राखेका यातायात मजुदुरले सोमबारदेखि आन्दोलन सुरु गरेका थिए । उनीहरू पहिलो दिनमै आगजनी र तोडफोड गरेका थिए ।

सोमबार आन्दोलनकारीले बालाजु क्षेत्रमा प्रहरीको गाडीमा आगजनी गर्नुका साथै केही पसलमा लुटपाटसमेत गरेका छन् ।

यातायात मजदुरले आज पनि सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएका छन् । काठमाडौं उपत्यकामा सामान्य प्रभाव परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?