+
+

नक्कली सवारी चालक अनुमतिपत्र बनाएको आरोपमा ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते १६:२७

३ फागुन, काठमाडौं । प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगर-१ कास्की घर भई हाल नखीपोट बस्‍ने ३४ वर्षीया कञ्चन गुरूङ, लिखु गाउँपालिका-४ नुवाकवट घर भई हाल टोखा बस्‍ने ३८ वर्षीय अनिल राई र लिखु गाउँपालिका-४, नुवाकोट घर भई हाल तारकेश्वर बस्‍दै आएका ३६ वर्षीय राजन तामाङ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गुरूङलाई रामशाहपथ, राईलाई सामाखुसी र तामाङलाई बालाजु पेयाँटारबाट पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?