+
+

सबै सरकारी निकायमा स्वदेशी उत्पादन मात्रै प्रयोग गर्न उद्योग मन्त्रालयको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ५ गते १८:१३

५ फागुन, काठमाडौं । उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयले मातहतका निकायलाई स्वदेशी उत्पादनका वस्तु मात्रै प्रयोग गर्न परिपत्र गरेको छ ।

शुक्रबार सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्ने सम्बन्धी निर्देशिका २०७१ को प्रभावकारी कार्यान्वयन गर्न भन्दै मन्त्रालयले एक सर्कुलर जारी गर्दै सबै तहका सरकार, मन्त्रालय, आयोग र सबै सार्वजनिक कार्यालयहरुलाई स्वदेशी वस्तु अनिवार्य प्रयोग गर्न अनुरोध गरेको हो ।

सबै सार्वजनिक निकाय तथा कार्यालयले आयोजना गर्ने कार्यक्रममा अतिथि सत्कार, नास्ता र खाजामा अनिवार्य रुपमा नेपाली नै उत्पादन प्रयोग गर्न र सार्वजनिक खरिद पनि १५ प्रतिशतसम्म महँगो भए पनि नेपाली उत्पादन नै गर्न पुनःस्मरण गराएको छ ।

‘सार्वजनिक निकायले आफ्नो कार्यालयमा प्रयोग हुने स्टेसनरी, फर्निचर, मेसिनरी औजारजस्ता मालसामान खरिद गर्दा सकेसम्म नेपाली उत्पादन नै खरिद गर्नुपर्ने छ,’ मन्त्रालयले भनेको छ, ‘उपलब्ध भएसम्म नेपाली उत्पदन नै प्रयोग गर्न नभएमा न्यूनतम ५० प्रतिशत स्वदेशी मालसामान खरिद गर्नुपर्ने छ ।’

यस्तै, मन्त्रालय मातहतको सार्वजनिक खरिदमा पनि विदेशी मालसामानभन्दा नेपालमा उत्पादित वस्तु १५ प्रतिशत महँगो भए नेपाली खरिद गर्नुपर्ने पर्ने परिपत्रमा भनिएको छ । यस्तो व्यवस्था सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १७ मा पनि भएको मन्त्रालयले स्मरण गराएको छ ।

यस्तै मन्त्रालयले स्वदेशी माल सामान वा वस्तुको उत्पतिको प्रमाणपत्रको विवरण सबैले देखिने गरी प्रकासशन गर्न पनि निजी क्षेत्रलाई आग्रह गरेको छ ।

मन्त्रालयले स्वदेशी मालसामान उत्पादन गर्ने उत्पादकले सार्वजनिक निकायमा आफ्नो उत्पादनलाई सूचीकृत गराउनु पनि नेपाली उत्पादकर्लाइ भनेको छ । स्वेदशी उत्पादन र स्वदेशी उपभोगलाई प्रोत्साहन गर्न यस्तो निर्देशन गरिएको मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् परिपत्रः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?