+
+

थेरापीबाट पनि मोटोपन घटाउन सकिन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ५ गते १८:१०

काठमाडौं । अहिले बजारमा बिकाउ सूत्र हो, मोटोपन घटाउने । मान्छेहरु मोटोपनबाट हैरान छ र उनीहरुलाई छिटो–छरितो ढंगले शरीरको बोसो घटाउनुछ । त्यसैले त सहरमा ‘मोटोपन घटाउने’ क्लिनिकहरु छ्यापछ्याप्ती भेटिन थालिएको छ ।

कसैले ‘किटो डाइट’ गराएर त कसैले ‘थेरापी’बाट मोटोपन घटाउने दाबी गरिरहेका छन् । के उनीहरुले भनेजस्तै ती विधि अपनाएर मोटोपन घटाउन सम्भव होला त ?

हेल्दी होम नेपालकी परामर्शदाता लक्ष्मी रोकाया भन्छिन्, ‘हामीले थेरापीबाटै ८ देखि १० केजीसम्म तौल घटाउने गरेका छौं ।’ एक महिनाको अवधिमै त्यतिका तौल घट्ने उनको दाबी छ ।

रोकायाका अनुसार हेल्दी होममा तौल घटाउन गएका व्यक्तिमा सबैभन्दा पहिले ‘बीएमआई’ परीक्षण गरिन्छ । जसले व्यक्तिको उचाइ अनुसारको तौल कति हुनुपर्ने हो भन्ने बताउँछ । उचाइ अनुसारको तौलको लागि कति किलो घटाउनुपर्छ भनेर पत्ता लगाइन्छ ।

‘त्यसपछि कोरियन र जापनिज थेरापीमार्फत नेचुरल उपचार विधि अपनाउने गरेका छौं । यो कोरियन अल्ट्रासोनिक थेरापी भनेपछि भिडियो एक्सरे गर्ने जस्तो प्रविधि हुन्छ,’ उनी भन्छिन्, ‘यसले जहाँ बोसो हुन्छ, त्यहाँ मसाज गरिदियो भने फ्याटलाई ब्रेक गर्छ त्यसपछि तातो पट्टी बाँधेर, स्पेसल स्यालुलाइड मसाज हुन्छ । जसले बोसोलाई पगाल्छ । यस्तो प्रक्रिया पूरा गर्न लगभग तीन घण्टा जति लाग्छ । यस्तो प्रक्रियापछि आजको आजै १-२ केजी तौल घट्छ ।’

उनका अनुसार थेरापी मेसिनले छाला र बोसोको तहमा मात्र काम गर्छ भित्रको अंगहरुसम्म यो पुग्दैन । ‘त्यसैले यसको कुनै पनि नकारात्मक असर छैन,’ रोकाया भन्छिन् ।

यद्यपि बजारमा प्रचलित मोटोपन घटाउने सूत्र त्यति विश्वसनीय मान्दैनन्, पोषणविद् सञ्जय महर्जन । ‘१५ दिनमै मोटोपन घटाउँछौँ भन्नु भनेको सात दिनमै अंग्रेजी सिक्नुहोस् भनेर गरेको विज्ञापन जस्तै हो । त्यसैले त्यो व्यावहारिक र उचित उपाय होइन,’ उनी भन्छन् ।

उनका अनुसार मोटोपन बढ्नुमा एउटा मात्र कारण हुँदैन । कुनै मोटोपन खानपानको कारण हुन्छ भने कुनै जीवनशैलीले गर्दा । कुनै मोटोपन औषधिको असरले हुन्छ भने कुनै थाइराइड जस्ता रोगले । कतिपयमा भने वंशाणुगत हिसाबले पनि मोटोपन बढ्ने गर्छ ।

‘मोटोपन के कारणले बढेको हो त्यसैलाई पहिल्याएर मात्र सही विधि खोज्नुपर्ने हुन्छ,’ महर्जन भन्छन्, ‘किनभने सबै किसिमको मोटोपन खानाले मात्र बढेको हुँदैन ।’

फिटनेस ट्रेनर प्रकाश केसी पनि मोटोपन हुने कारण भिन्नाभिन्नै हुने भएकाले सोही अनुसार कुन विधि अपनाउने भन्ने कुरा टुंगो लाग्ने बताउँछन् । उनी के पनि भन्छन् भने मोटोपन घटाउने कुरा जादू गरेजस्तो छु मन्तर हुने होइन । यसको एउटा दीर्घकालीन योजना हुन्छ र त्यही अनुसार क्रमशः मोटोपन घटाउने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?