+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

काठमाडौंमा राष्ट्रिय सामाजिक उद्यमशिलता सम्मेलन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ६ गते ७:१५

६ फागुन, काठमाडौं । राष्ट्रिय सामाजिक उद्यमी मञ्चको आयोजनामा काठमाडौंमा भएको तीन दिने राष्ट्रिय सामाजिक उद्यमशिलता सम्मेलन २०७९ सकिएको छ ।

जनता, पृथ्वी र समृद्धिका लागि सामाजिक उद्यमशिलतामैत्री प्रणालीको स्थापना गरौं भन्ने नारासहित भएको कार्यक्रममा सामाजिक उद्यमशिलाको वर्तमान अवस्था, नीतिगत र कानुनी चूनौती बारेमा छलफल भएको थियो ।

सम्मेलनबाट आगामी दिनका लागि रणनीति तय गर्ने, सामाजिक उद्यमशिलताका बारेमा सचेतना बृद्धि, सामाजिक उद्यमशिलता प्रवर्द्धनका लागि सहकार्य बृद्धि लगायतका निर्णय गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री राजेन्द्र कुमार राईले उद्घाटन गरेको समापन कार्यक्रममा पूर्वमन्त्री पार्वत गुरुङ्ग, नेपाली काँग्रेसका केन्द्रीय सदस्य नइन सिंह महर, राष्ट्रिय योजना आयोगका सदस्य डा संगिता सिंह, गैर सरकारी संस्था महासंघका अध्यक्ष राम प्रसाद सुवेदी, अन्तराष्ट्रिय गैर सरकारी संघका अध्यक्ष भगवान श्रेष्ठ लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?