
११ फागुन, काठमाडौं । शेर्पा समुदायको महत्वपूर्ण पर्व ग्याल्पो ल्होछारको अवसरमा काठमाडौंको बौद्धमा विविध कार्यक्रम आयोजना गरिएको छ । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन मनाउने यो पर्वलाई शेर्पा समुदायले सांस्कृतिक पर्वको रुपमा मनाउने गर्दछन् ।
ग्याल्पो ल्होछार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ । ग्याल्पो ल्होछार भोटका नवौं राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो ।
विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होछार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँ सराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो ।
पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होछारका नाममा यो पर्व मनाइसकेका छन् ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4