+
+

सेभियाका गोलकिपरमाथि समर्थकको आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १२ गते ८:२१

१२ फागुन, काठमाडौं । युरोपा लिग नकआउट प्लेअफ अन्तर्गत सेभिया र पीएसभी आइन्डहोभन बीचको दोस्रो लेग खेलमा सेभियाका गोलकिपर मराको डिमिट्रोभिचलाई एक समर्थकले आक्रमण गरेका छन् ।

पीएसभीले घरेलु मैदानमा भएको दोस्रो लेग २–० ले जिते पनि समग्रमा सेभियासँग ३–२ले पराजित हुँदै बाहिरियो । पहिलो लेगमा सेभिया ३–० ले विजयी भएको थियो । दोस्रो लेगमा दुई गोल फर्काएपनि पीएसभीको संकट टरेन ।

३१ वर्षीय डिमिट्रोभिचलाई एक प्रशंसकले मैदानमा पुगेर पन्च हाने । सर्बियाली किपरले कुस्ती नै लड्नुपरेको थियो । खेलको अन्तिम चरणमा भएको घटनापछि आक्रमणकारीलाई अन्ततः स्टेवार्डहरुले नियन्त्रण लिएका थिए ।

सर्बियन अन्तर्राष्ट्रिय खेलाडी डिमिट्रोभिचले फुटबलमा यस्तो घटना राम्रो नभएको खेलपछि दी एथ्लेटिकसँग बताएका छन् । उनले भनेका छन्, ‘फुटबलमा यो देख्नु कहिल्यै राम्रो हुँदैन । यो हुनु हुन्थेन र अबदेखि, म आशा गर्दछु कि यिनीहरूलाई राम्रो सजाय हुनेछ । उनले पछाडिमबाट आएर मलाई धकेले । उनी सायद नतिजालाई लिएर रिसाएका थिए । उनले मलाई हिर्काउन खोजे । मैले उनलाई समात्न सफल भएँ र सेक्युरिटी आइपुग्दासम्म पर्खिएँ ।’

सेभियाका प्रशिक्षक जर्ज साम्पाओलीले यो अविश्वसनीय रूपमा दुःखको कुरा भएको बताए । उनले आफूलाई चिन्ता लागेको भन्दै यस्ता प्रकारको घटना रोक्न आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?