 
																			१३ फागुन, नुवाकोट ।अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै स्थानीयले पासाङ लाह्मु र गल्छी त्रिशुली राजमार्ग अबरुद्ध गरेका छन् ।
स्थानीयले राजमार्गको पिपलटार गेट र चन्द्रज्योती चोकमा सडक अबरुद्ध गरेर प्रदर्शन गरिरहेका छन्।
मृतकका श्रीमान् भिमसेन गजुरेलकाअनुसार दोषीलाई कारबाही गर्न भएको सहमति विपरीत त्रिशूली अस्पतालले विज्ञप्ति जारी गरेर थप पीडित बनाएपछि आन्दोलन गरिएको उनीहरूले बताएका छन् ।
बिदुर नगरपालिका ५ पिपलटारकी २४ वर्षीया सरिता न्यौपानेको उपचारको क्रममा १० फागुनमा काठमाडौंमा मृत्यु भएको थियो ।
न्यौपानेको त्रिशुली जिल्ला अस्पतालमा ८ फागुनमा अप्रेसनमर्फत सुत्केरी गराइएको थियो । लगत्तै स्वास्थ्य अवस्था बिग्रिएको र उपचारमा अस्पतालले लापरबाही गरेको भन्दै आफन्तले उपचारका लागि काठमाडौं लगेको बताएका छन् ।
मृतकका श्रीमान् गजुरेलकाअनुसार १२ फागुनमा उक्त घटनालाई लिएर जिल्ला प्रशासन कार्यालय र अस्पताल घेराउ गरिएको थियो । उक्त दिन दोषीलाई कारबाही गर्ने गरी छानबिन समिति बनाउन सहमति भएको तर त्यस विपरीत नुवाकोट जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दिपेन्द्र पाण्डेले शुक्रबार विज्ञप्ति निकालेको मृतकका आफन्तहरुले बताए छन् ।
मृतक परिवारले पैसाका लागि आन्दोलन गरेको भावमा अस्पताल प्रशासनले विज्ञप्ति निकालेर थप पीडित बनाएको उनीहरुको अआरोप छ ।
मेसु पाण्डेले माफी माग्नुपर्ने र उनको राजीनामा नभएसम्म राजमार्गमा आन्दोलन नरोकिने मृतक गजुरेलका मामा कृष्णप्रसाद भट्टले बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4