+
+

प्रदेश १ को नाम कोशी राख्न एमालेले दर्ता गरायो प्रस्ताव

हरि अधिकारी हरि अधिकारी
२०७९ फागुन १७ गते १२:५७

१७ फागुन, विराटनगर । नेकपा एमालेले प्रदेश १ को नाम कोशी राख्न प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेको छ ।

बुधबार एमाले प्रदेशसभा सदस्य रामबहादुर मगरले प्रदेशको नाम कोशी राख्ने प्रस्ताव दर्ता गराएका हुन् । उनको प्रस्तावको समर्थकमा भूमिप्रसाद राजवंशी, निरन राईलगायत रहेका छन् ।

प्रदेशसभा सचिवालयले प्रदेशको नाम प्रस्ताव गर्न बुधबार दिउँसो १ बजेसम्मको समय दिएको छ । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । पहिचानसहितको छुट्टै नाम प्रस्ताव गर्ने तयारी गरेपनि दलको बैठकबाट कोशीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

नेपाली काङ्ग्रेस र एमालेले यसअघि नै प्रदेशको नाम कोशी राख्ने सहमति गरेका थिए । एमालेले कोशी नामले सबैको पहिचान समेट्ने दाबी गरेको छ ।

‘प्रदेशले आपनो नामकरण प्रदेशसभाबाट आफैले गर्नुपर्ने दायित्व पूरा गर्नका लागि यस प्रदेशमा विकसित भएका हिन्दु धर्म, बौद्ध धर्मको दर्शन, किरात सभ्यता, मिथिला सभ्यता, लिम्बुबान संस्कृति, विराट क्षेत्रको इतिहास, कोच संस्कार र संस्कृति समेतलाई समेट्ने गरी तथा कोशी नदी र यसका शाखा नदीहरू ऐतिहासिक, धार्मिक तथा जातजाति, भाषा, सभ्यता र संस्कृतिको विकास भएकोले यस क्षेत्रको मूल आधारको रुपमा हिमालदेखि पहाड र तराईको भूभागमा कोशी नदी प्रवाहको क्षेत्रभित्र सम्पूर्ण अवस्थाको वर्तमान र भावी विकास र समृद्धिसमेत जोडिएको हुनाले यस प्रदेशको नाम कोशी प्रदेश राख्र उपयुक्त ठानिएको छ’, एमाले सांसदले दर्ता गरेको प्रस्तावमा भनिएको छ ।

हेर्नुहोस् एमालेको प्रस्ताव

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?