+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

शंकरलाल केडिया कानुन सम्मान वरिष्ठ अधिवक्ता न्यौपानेलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते १९:१०

काठमाडौं । कानुन व्यवसायी क्लबले शंकरलाल केडिया फाउन्डेसनसँगको सहकार्यमा कानुनसँग सम्बन्धित विभिन्न विद्यामा पुरस्कार वितरण गरेको छ ।

क्लबका अनुसार स्व. शंकरलाल केडिया कानुन पुरस्कार, कानुन युवा पुरस्कार, उत्कृष्ट कानुन पुस्तक पुरस्कार एवं कानुन पत्रिकामा वर्ष भरिमा प्रकाशित लेख रचना मध्ये उत्कृष्ट लेख, रचनाका लेखकहरुलाई उत्कृष्ट कानुन लेखन पुरस्कार प्रदान गरिएको छ ।

पुरस्कृतहरुलाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पुरस्कार हस्तान्तरण गरेका थिए । कल्बका अनुसार यो वर्षको स्व. शंकरलाल केडिया कानुन सम्मान पुरस्कार वरिष्ठ अधिवक्ता प्राध्यापक गुणनिधि न्यौपानेले पाएका छन् ।

यस्तै स्व.शंकरलाल केडिया स्मृति युवा कानुन पुरस्कारबाट वरिष्ठ अधिवक्ता महेशकुमार थापा सम्मानित भए । स्व. शंकरलाल केडिया उत्कृष्ट पुस्तक लेखन पुरस्कार बेपत्ता पारिएका परिवार छानबिन आयोगका सचिव श्यामकुमार भट्टराईद्वारा लिखित ‘संवैधानिक तथा प्रशासकीय कानुन’ पुस्तकका लागि प्रदान गरिएको क्लबले जनाएको छ ।

यस अघि ११ वर्षसम्म लगातार न्याय एवं कानुन क्षेत्रका वरिष्ठ व्यक्तित्वहरुलाई सम्मानित गरेका जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?