+
+

नेपालले टस जितेर फिल्डिङ रोज्यो, सन्दीप पनि प्लेइङ सेटमा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते ११:५७

१८ फागुन, काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई सिरिजमा नेपालले घरेलु टिमसँग टस जितेर फिल्डिङ रोजेको छ । दुबईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ रोजेका हुन् ।

नेपालका लागि स्पिनर सन्दीप लामिछानेले प्लेइङ ११ मा स्थान बनाएका छन् । बुधबार श्याम ढकाललाई प्रतिस्थापन गर्न यूएई उडेका सन्दीपले आजको खेलमा मौका बनाएका हुन् । नेपालका लागि पहिलो खेलमा डेब्यु गरेका प्रतिस जिसीको स्थानमा सन्दीप लामिछाने पहिलो रोजाइमा रहेका छन् ।

नेपालको प्लेइङ ११मा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित कुमार पौडेल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामछिाने, करण केसी र गुल्सन झा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?