+
+

कोपा डेल रे : रियलले आत्मघाती गोल गर्दा बार्सिलोना विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १९ गते ६:१८

१९ फागुन, काठमाडौं । कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले रियल मड्रिडलाई १–० ले पराजित गरेको छ ।

रियलको घरेलु मैदानमा बिहीबार राति भएको खेलमा रियलका खेलाडीले आत्मघाती गोल गर्दा पहिलो लेगमा बार्सिलोनाले जित हात पारेको हो ।

रियलका डिफेण्डर एडर मिलिटाओले खेलको २६औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।

युरोपा लिगमा म्यानचेष्टर युनाइटेड र ला लिगामा अल्मेरियासँग पराजित भएको बार्सिलोनालाई यो जितले केही राहत मिलेको छ ।

रियल र बार्सिलोनाबीचको दोस्रो लेग अप्रिल ५ मा बार्सिलोनाको मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?