
२३ फागुन, काठमाडौं । नवप्रवेशी चर्च ब्वाइज युनाइटेडले शहीद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा मंगलबार भएको ए डिभिजनमा बढुवा भएका दुई क्लबबीचको भिडन्तमा चर्च ब्वाइजले एफसी खुमलटारलाई ३-१ ले पराजित गरेको हो ।
चर्च ब्वाइजका लागि आशिष चापागाईँले ११औं र ७१औं मिनेटमा गोल गरे । एरिक विष्टले १८औं मिनेटमा गोल गरे ।
खुमलटारका लागि मेसुके ओलोमोउले ४०औं मिनेटमा एक गोल फर्काए ।
लगातार दोस्रो जितपछि चर्च ब्वाइज ६ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ ।
पहिलो खेलमा चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो । पहिलो खेलमै फ्रेण्ड्सलाई हराएर लिग सुरु गरेको खुमलटारको यो पहिलो हार हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4