+

कसरी गर्ने बालबच्चाको मिर्गौलाको सुरक्षा ?

२०७९ फागुन  २५ गते ८:०० २०७९ फागुन २५ गते ८:००
कसरी गर्ने बालबच्चाको मिर्गौलाको सुरक्षा ?

मिर्गौलासम्बन्धी समस्याले वयस्कलाई मात्रै होइन बालबच्चालाई समेत प्रभावित पारेको छ । समयमा मिर्गौलाको हेरचाहमा ध्यान नपुर्‍याउँदा यसैको कारण धेरै बच्चाको ज्यानसमेत गुमेको छ ।

आमाबाबुको सामान्य लापरवाहीले भविष्यका कर्णधार मानिएका बच्चाको पछि गएर मिर्गौला फेल भएका छन् । मिर्गौला रोगको लक्षण अन्तिम अवस्थामा मात्रै थाहा पाइने हुनाले कम्तीमा हरेक वर्ष पिसाब वा रगत जाँचेर यस रोगको अवस्थाबारे थाहा पाउन सकिन्छ ।

आमाको गर्भमै निर्धारण हुन्छ मिर्गौलाको क्षमता

बच्चाको मिर्गौला कति स्वस्थ र क्षमतावान् हुन्छ भन्ने कुरा आमाको गर्भमा हुँदादेखि नै निर्धारित हुन्छ । आमाले खाएको खानेकुरा र गर्भावस्थामा गरिएका विभिन्न क्रियाकलापबाट नै गर्भमा रहेको शिशुको मिर्गौलाको भविष्य निर्माण हुन्छ ।

गर्भावस्थामा आमाले धुम्रपान तथा मदिरापान गर्नु हुँदैन । आमालाई उच्च रक्तचाप तथा मधुमेह छ भने त्यसलाई सन्तुलनमा राख्नुपर्छ । चिकित्सकको परामर्श बिना जथाभावी औषधि खानुहुँदैन ।

कुनै बच्चाको जन्मिंदै एउटा मात्र मिर्गौला लिएर जन्मेका हुन्छन् । यसो भएमा आत्तिनु हुँदैन । दुईवटै मिर्गौला भएको बच्चाजस्तै उसले जीवनयापन गर्न सक्छ । त्यस्ता बच्चालाई उचित परामर्श दिनुपर्छ । नभए त्यस्ता बच्चालाई पछि गएर मानसिक समस्या पनि हुन जान्छ ।

पटक-पटक पिसाबमा संक्रमण

बच्चाको मिगौला बिगार्ने मुख्य कारण पिसाब बन्द भइराख्नु तथा पिसाब फेर्दा समस्या हुनु हो । कति बाबुआमाले बालबच्चाको पिसाब संक्रमण हुँदा त्यति ध्यान दिंदैनन् । यदि बच्चालाई पिसाबको समस्या आइरहेमा मिर्गौलामा समस्या भएको संकेत हो ।

पिसाबमा रगत देखिनु

बच्चाको पिसाबमा रगत देखिएमा चिकित्सककहाँ गएर सामान्य संक्रमण हो वा अरु नै कारणले भन्ने पत्ता लगाउनुपर्छ ।

पिसाब वा रगत जाँचेर, भिडियो एक्सरे वा आवश्यक परे मिर्गौलाबाट सानो मासुको टुक्रा निकालेर बायोप्सी जाँच गरेर पनि मिर्गौला रोगको अवस्थाबारे थाहा हुन्छ ।

पिसाबमा प्रोटिन जानु

बच्चामा देखिने अर्को समस्या भनेको पिसाबबाट प्रोटिन जाने हो । यो समस्या वंशाणुगत हुने सम्भावना धेरै हुन्छ । यसरी प्रोटिन गइरह्यो भने भित्रभित्रै मिर्गौलालाई बिगार्ने हुँदा यसमा सचेत हुन जरुरी छ ।

सरसफाइमा ध्यान पुर्‍याउने

बच्चाहरुको सरसफाइमा ध्यान नदिंदा मूत्रद्वार र गुद्वारमा संक्रमण हुनसक्ने खतरा हुन्छ । पटक-पटक संक्रमण भइरह्यो भने चिकित्सकको परामर्शमा औषधि सेवन गर्नुपर्छ । स्तनपान गराउने आमाले पनि आफ्नो सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

खानपानमा ध्यान दिने

बच्चाको मिर्गौला जोगाउन स्वस्थ खाना तथा पोषिलो खानेकुरा खुवाउनुपर्छ । यसले बच्चाको रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि हुन्छ । घरमै आमाले बनाएकोे खाना खाने बानी बसाल्नुपर्छ । बजारमा पाइने पेय पदार्थ जथाभावी खान दिनुहुँदैन । यसैगरी प्रशस्त पानी पिउन पनि सिकाउनुपर्छ । पानी पिउँदा उमालेर मात्र दिनुपर्छ । लामो समयसम्म पिसाब अनि दिसा रोकेर राख्नु हुँदैन ।

(डा. सुवेदी बाल स्वास्थ्य नर्सिङ विज्ञ हुन् ।)

बालबच्चा मिर्गौला
लेखक
डा. सुरक्षा सुवेदी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

गर्भवती भएको कसरी थाहा पाउने ?

गर्भवती भएको कसरी थाहा पाउने ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?