 
																			२५ फागुन, काठमाडौं । खाद्यवस्तुको विषादी परीक्षण प्रक्रिया अगाडि बढाउने निर्णय सरकारले गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले खाद्यपदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषयमा थप छलफल गर्न सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ।
जीवनाशक विषादीको परीक्षणसम्बन्धी प्रस्ताव नेपाल राजपत्रमा प्रकाशन गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले १५ भदौको मन्त्रिपरिषद्मा पेश गरेको र २१ भदौमा मन्त्रिपरिषद् आर्थिक तथा पूर्वाधार समितिमा छलफलका लागि पठाइएको भए पनि त्यसपछि थप प्रक्रिया अगाडि बढ्न सकेको थिएन।
गत ४ मंसीरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएपश्चात नयाँ सरकार गठन भएपछि पुरानो मन्त्रिपरिषद्का निर्णय स्वतः फिर्ता जाने प्रचलनअनुरूप सो प्रस्ताव पनि फिर्ता गएको थियो ।
प्रधानमन्त्री प्रचण्डले नयाँ प्रस्ताव तुरून्त ल्याउन निर्देशन अनुरूप नयाँ प्रस्ताव प्राप्त भएपछि मन्त्रिपरिषद बैठकले फाइलमाथि थप छलफलका लागि समितिमा पठाउने निर्णय गरेको छ।
समितिमा छलफलपश्चात् उक्त प्रस्ताव मन्त्रिपरिषद् बैठकमा प्रस्तुत हुने सरकार प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4