
२५ फागुन, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले युवतीलाई अभद्र व्यवहार गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज–२३ बस्ने २५ वर्षीय जहाँगिर अन्सारी, ३२ वर्षीय फिरोज अन्सारी, ३१ वर्षीय अलफाज अन्सारी, २७ वर्षीय तारिक अन्सारी, २४ वर्षीय आशिष साह र वीरगञ्ज–१६ बस्ने आदित्य गिरी रहेका छन् ।
पक्राउ परेका जहाँगिर अन्सारी नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक बसरुद्दिन अन्सारीको छोरा हुन् ।
फागुन २३ गते मंगलबार बेलुका ८ बजेतिर वीरगञ्ज–८ घण्टाघर स्थित इन्फिनिटी लाउन्ज अगाडी सडकमा युवतीलाई अभद्र व्यवहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई मंगलबारदेखि नै प्रहरी हिरासतमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4