+
+

मार्टिन्सको दुई गोलमा थ्री स्टारको पहिलो जित

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २६ गते १७:१७

२६ फागुन, काठमाडौं । अजयी मार्टिन्सले दुई गोल गरेपछि थ्री स्टारले शहीद स्मारक ए डिभिजन लिगको जारी सिजनमा पहिलो जित हात पारेको छ । त्यस क्रममा शुक्रबार उसले एफसी खुमलटारलाई २-० ले पराजित गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा थ्री स्टारका मार्टिन्सले दुवै गोल दोस्रो हाफमा गरेका थिए । मार्टिन्सले ५४औं मिनेटमा पहिलो गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । उनले ८३औ मिनेटमा दोस्रो गोल गर्दै जित पक्का गरे ।

पहिलो जितपछि थ्री स्टारले ३ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमै एपीएफसँग पराजित भएको थ्री स्टारले दोस्रो खेलमा फ्रेण्ड्स क्लबसँग ३-३ को बराबरी खेलेको थियो ।

ए डिभिजनमा डेब्यु सिजनमै पहिलो खेल जितेको नवप्रवेशी खुमलटारको भने यो लगातार दोस्रो हार हो ।

पहिलो खेलमा फ्रेण्ड्सलाई हराएको खुमलटार दोस्रो खेलमा अर्को नवप्रवेशी चर्च ब्वाइज युनाइटेडसँग ३-१ ले पराजित भएको थिए । खुमलटारको ३ खेलबाट ३ अंक छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?