+
+
लिग २ :

नेपालले आज यूएईसँग खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते ८:१३
फाइल तस्वीर ।

२८ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम शृखंलाको आफ्नो दोस्रो खेलमा नेपालले आज युएईसँग खेल्दैछ ।

खेल कीर्तिपुरस्थित टीयु अन्तर्राष्ट्रिय मैदानमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ ।

आजको खेल जित्दै नेपाल दुई खेलअघि नै ओडीआई मान्यता जोगाउने लक्ष्यमा छ ।

पहिलो खेलमा पपुवा न्युगिनीलाई पराजित गरेको नेपाल त्यही लय कायम राख्दै लगातार जित निकाल्ने लक्ष्यमा छ । यूएई भने पपुवा न्युगिनीसँग पराजित भएको थियो ।

यूएईलाई पराजित गरेमा नेपालको ३४ खेलबाट ३६ अंक हुनेछ र अमेरिकालाई पछि पार्दै चौथो स्थानमा उक्लेनेछ ।

सात राष्ट्र सहभागी लिग टुको शीर्ष पाँचमा रहने टिमले ओडीआई मान्यता जोगाउने प्रावधान छ । यूएईका लागि पनि ओडीआई मान्यता जोगाउने नेपालविरुद्धको खेल जित्नैपर्ने अवस्थामा छ । यूएई ३३ खेलबाट ३१ अंकसहित छैटौं स्थानमा छ ।

नेपालले लिग टु मा अहिलेसम्म यूएईसँग ४ खेल खेल्दा नेपालले एक पटक मात्र यूएईलाई पराजित गरेको छ ।

यस्तै नेपालले लिग टु को शीर्ष तीनमा रहेर सीधै विश्वकप क्वालिफायर्समा स्थान बनाउन बाँकी तीनवटै खेल जित्नुपर्नेछ । त्यसैले पनि नेपालका लागि आजको खेल महत्वपूर्ण छ ।

सबै ३६ खेल खेलिसकेको स्कटल्याण्ड र ओमानले शीर्ष दुईमा रहेर विश्वकप क्वालिफायर्समा स्थान पक्का गरिसकेका छन् ।

नेपाल र यूएईको खेलमा नामिबियाको नजर हुनेछ । यदि नेपाल यूएईसँग पराजित भएमा नामिबिया तेस्रो हुँदै विश्वकप क्वालिफायरमा पुग्नेछ । ३६ खेल खेलिसकेको नामिबियाको ३९ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?