+

प्रवेश कटुवाल राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त

२०७९ चैत  १ गते १२:१८ २०७९ चैत १ गते १२:१८
प्रवेश कटुवाल राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त

१ चैत, काठमाडौं । मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् ।

ए डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लब सम्हालिरहेका प्रवेशलाई अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार नियुक्ति दिएको हो ।

प्रवेश कटुवालले कात्तिक ३० गते पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा पनि राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

२०६१ सालमा थ्री स्टार क्लबबाट लिग फुटबल खेल्न थालेका उनले खेलाडी भएर मनाङ मस्र्याङ्दी, आरसीटी र मछिन्द्रबाट खेलेका थिए । उनले झापा ११ बाट राष्ट्रिय लिग पनि खेले ।

कटुवालले एएफसी ए लाइसेन्स पूरा गरेपश्चात पहिलो पटक २०७६ सालमा ए डिभिजन लिगमा प्रशिक्षकको रुपमा काम गरे । उनले मछिन्द्रलाई लागातार २ पटक लिग च्याम्पियन बनाएका थिए ।

राष्ट्रिय टिममा विनोद डंगोलले गोलकिपर प्रशिक्षकको रुपमा काम गर्ने भएका छन् ।

एन्फाले राष्ट्रिय फुटबल टिमका प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसलाई यसअघि नै नियुक्त गरिसकेको छ ।

काठमाडौंमा चैत ८ गतेदेखि सुरु हुने प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताका लागि राष्ट्रिय टिमको तयारी गर्नु एनेस, कटुवाल र डंगोलको पहिलो जिम्मेवारी बनेको छ ।

 

अल्बर्टो एनेस प्रवेश कटुवाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय