+
+

विश्व महिला बक्सिङ च्याम्पियनसिप संगीता र सरस्वती पराजित, सुषमाको खेल आज

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ४ गते ११:३९
प्रतिस्पर्धा गर्दै संगीता सुनार (निलो जर्सी)

४ चैत, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा जारी विश्व महिला बक्सिङ च्याम्पियनसिप २०२३ मा नेपाली बक्सर संगीता सुनार र सरस्वती राना पराजित भएका छन् ।

शुक्रबार राति भएको खेलमा ७० केजी तौल समूहमा नेपाली खेलाडी सरस्वती राना सर्वियाका खेलाडी निकोलिना गाजिकसँग अंकको आधारमा पराजित भइन । त्यसअघि भएको ६० केजी तौल समूहमा नेपाली खेलाडी संगीता सुनार अष्ट्रेलियन खेलाडी स्कानलन डानियालीसँग स्पिलिट डिसिजनको आधारमा पराजित भइन् ।

दुवै खेलमा नेपाली खेलाडीद्वयले तीन वटा राउण्डसम्म रिङ्गमा प्रतिष्पर्धात्मक पन्च प्रहार गरे पनि जीतको लागि पर्याप्त हुन सकेन ।

यस्तै च्याम्पियनसिपमा आज पनि दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

एसियन युथ बक्सिङमा ऐतिहासिक रजत जितेकी युवा बक्सर सुष्मा तामाङले ४८ केजी तौल समूहमा विश्वको दोस्रो वरीयताकी खेलाडी बुल्गेरियाकी असिनोभा सेम्डा युलियानोभा शनिबार प्रतिस्पर्धा गर्नेछिन् ।

आजै नेपालकी मिनु गुरुङ्गले ५४ केजी तौल समूहमा थाइलयाण्का खेलाडी जिपोङ्ग जुतामाससँग खेल्नेछन् ।

च्याम्पियनसिपमा नेपालका ७ महिला बक्सरको सहभागिता छ । ५२ केजी तौल समूहमा नेपालकी अन्जनी तेलीले पहिलो खेल जित्दै अन्तिम १६ मा प्रवेश गरिसकेकी छन् ।

यस्तै आइतबार नेपालकी अस्मिता दुवालले ५० केजी तौल समुहमा बोत्स्वानाकी खेलाडी मोडुकानेली लेथावो बोकामोसोसँग र ५७ केजी तौल समूहमा नेपालकी चन्द्रकला थापाले भेनेजुयलाकी अल्काला ओमिलिपनसँग राउण्ड ३२ को खेल खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?