+
+

साफ यू-१७ महिला फुटबलको पहिलो खेलमा नेपाल भारतसँग पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते १७:१७

६ चैत, काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ४–१ ले पराजित भएको छ ।

मुस्तफा कमल स्टेडियम ढाकामा भएको च्याम्पियनसिपको पहिलो खेलमा भारतकी शिलजी शाजीले ह्याट्रिक गरिन् ।

खेलको १० औं मिनेटमा उनले पहिलो गोल गर्दै भारतलाई १–० को अग्रता दिलाएकी हुन् । ४० औं मिनेटमा पुन शिलजीले किपरलाई वान एण्ड वानमा बिट गर्दै दोस्रो गोल गरिन् ।

नेपालको निकै फितलो डिफेन्स र गोल रक्षक अगाडि बढेको अवस्थामा भारतका लागि पुजाले तेस्रो गोल गरिन् ।

पहिलो हाफमा ३–० को अवस्थामा रहेको खेलमा दोस्रो हाफमा नेपालले एक गोल मात्रै फर्काउन सक्यो । नेपालका लागि बर्षा ओलीले ५४ औं मिनेटमा गरेको गोल नै नेपालको लागि एक मात्र गोल बन्यो । त्यस्तै, खेलको ८१ औं मिनेटमा पुन शिलजीले ह्याट्रिक पूरा गर्दै भारतलाई ४–१ को जित सुनिश्चित गराइन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?