
९ चैत, काठमाडौं । जनसेवा प्रहरी वृत्त न्यूरोडले स्रोत नखुलेको १२ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका २४, इन्द्रचोकबाट स्रोत नखुलेको नगद १२ लाख रुपैयाँसहित तनहुँको भानु नगरपालिका–६ का ४१ वर्षीय सञ्जय खनाललाई पक्राउ गरिएको जनसेवाका डीएसपी भेषराज रिजालले बताए ।
पक्राउ परेका खनालबारे थप अनुसन्धान भइरहेको र थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा बुझाइने उनले बताए ।
यसैबीच प्रहरीले एउटा सुनको ढिक्का र औंठीसहित भारतीय नागरिक आसलम सेखलाई पनि पक्राउ गरेको छ । उनको साथबाट सुनको ढिक्का ११७.१७ ग्राम र औंठी ५.२७ ग्राम बरामद भएको रिजालले बताए ।
सुनसहित आसलमलाई थप अनुसन्धानका लागि भन्सार विभाग बुझाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4