+
+

विराट गोल्डकप : साविक विजेता एपीएफ सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १२ गते ११:२०

१२ चैत, विराटनगर । साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ)सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगरस्थित शहीद मैदानमा शनिबार राति भएको तेस्रो क्वाटरफाइनल खेलमा पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई२-१ गोलले पराजित गर्दै सेमिफाइनल प्रवश गरेको हो ।

एपीएफको जितमा सविन थापा र अरमान्द्र वेडमले गोल गरेका थिए । भुटानको तर्फबाट सान्त्वना गोल फोफोना इब्रहीम फर्काएका थिए ।

जितसँगै एपीएफले आइतबार अन्तिम क्वाटरफाइनल भारतको लुका सकर र ए डिभिजन टिम संकटा क्बल बीचको विजेता टिमसँग खेल्नेछ ।

खेल सुरू भएको तेस्रो मिनेटमा एपीएफका सविन थापाले गोल गरी टिमलाई अग्रता दिए । एपीएफको अग्रता खेल सुरु भएको आधा घण्टा पनि टिक्न नपाउँदै ३३औं मिनेटमा भुटानका फोफोना इब्रहीम गोल गरी खेल १-१ बराबरीमा ल्याए । कप्तान स्याङगे दोर्जीले निकालेको पास फोफोनाले डिबक्स भित्रबाट गोल गरे ।

पहिलो हाफसम्म १/१ गोलको बराबरीभयो । खेलको इन्जुरी समयमा पेनाल्टी एरियामा भुटानका खेलाडी कान्टे मुसाको हेन्ड भएपछि एपीएफले पेनाल्टी पाएको थियो । पेनाल्टीमा एपीएफका अरमान्द्र वेडमलले गोल गरी टिमको जित सुनिश्चत गरेका थिए ।

हेन्ड गर्ने भुटानका कान्टे मुसालाई  रेफ्री श्याम दनुवारले रेड कार्ड दिएपछि मैदान बाहिरिए ।

निर्णायक गोल गर्ने एपीएफका अरमान्द्र बेडम म्यान अफ द म्याच घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?