+
+

लोकन्थलीमा एक चालकले बस तेर्स्याइदिएपछि अवरुद्ध भएको सडक प्रहरीले खुलायो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १५ गते ११:०३
लोकन्थली–कोटेश्वर सडकखण्ड । फाइल फोटो

१५ चैत, काठमाडौं । भक्तपुरको लोकन्थली चोकमा एक जना चालकले बस तेर्स्याइदिएर भागेपछि अवरुद्ध भएको सडक प्रहरीले खुलाएको छ ।

ट्राफिक प्रहरीसँग विवाद भएपछि आज बिहान एक चालकले बा ५ ख ६६७४ नम्बरको बसलाई बाटो नै अवरुद्ध हुने गरी तेर्स्याएका भागेका थिए ।

‘ट्राफिक प्रहरीको कारबाहीको विषयलाई लिएर विवाद भएको थियो, त्यसपछि चालकले बस नै सडकमा तेर्स्याएर हिँडेछन्,’ जिल्ला प्रहरी परिसर भक्तपुरका एक अधिकृतले अनलाइनखबरसँग भने, ‘अहिले बाटो खुलाइसकियो ।’

बसको ह्याण्डिल लक गरिएको र चाबी पनि चालकले नै लिएर भागेपछि बसलाई हटाउन केही समय लागेको थियो । बाटो अवरुद्ध हुँदा सवारी साधनको जाम भएको थियो । सो बसका यात्रुहरु भने अरु गाडी चढेर गन्तव्यमा लागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?