+
+

१० दलको न्यूनतम साझा कार्यक्रम : संक्रमणकालीन न्यायका काम २ वर्षमा सक्ने, ६ महिनाभित्र प्रहरी समायोजन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १६ गते १९:००

१६ चैत, काठमाडौं । सत्तारुढ दलहरुले आफ्नो न्यूनतम साझा कार्यक्रम करिब टुंग्याएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टी गरी १० दलले सरकारको प्राथमिकताको काम उल्लेख गरेर न्यूनतम साझा कार्यक्रम तयार पारेका हुन् ।

जसमा २ वर्षभित्र संक्रमणकालीन न्यायसम्बन्धी काम सक्ने, ६ महिनाभित्र प्रहरी समायोजन गर्ने, सरकारी सेवा लिन लाग्ने समय एक तिहाइले घटाउने लगायत विषय उल्लेख छन् । मस्यौदालाई अन्तिम रुप दिन बाँकी रहेको नेताहरुले बताएका छन् ।

हेर्नुहोस् न्यूनतम साझा कार्यक्रमको मस्यौदा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?