+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

क्रिप्टोकरेन्सी लगायतका अवैध कारोबारमा संलग्न नहुन राष्ट्र बैंकको अनुरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २० गते १८:२६

२० चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सी, पिरामिडमा आधारित नेटवर्क मार्केटिङ, हाइपर फण्ड लगायतमा गरिने लगानी गैरकानुनी भएको बताएको छ । यस्ता लगानीले नेपालमा कानुनी मान्यता नपाएको, नेपाल सरकारको जमानतप्राप्त नभएको, बैंकले निष्कासन समेत नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सोमबार एक सूचना प्रकाशित गर्दै यस्तो कारोबारबाट विदेशमा लगानी हुने देखिएकोले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ बमोजिम गैरकानुनी रहेको जनाएको छ ।

‘नेपालमा विदेशी विनिमय वा मुद्राको रूपमा भर्चुअल करेन्सी/क्रिप्टो करेन्सी (स्टेकबल क्वाइन), नन् फङ्जिबल टोकन, डिससेन्ट्रलाईज फाइनान्सले कानुनी मान्यता पाएको छैन,’ राष्ट्र बैंकले भनेको छ । यति मात्रै नभएर उक्त कारोबारमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा लगानी, ठगी, कर छली, लगानीको असुरक्षा, पूँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी सम्बन्धी जोखिमहरु अन्तरनिहीत हुने राष्ट्र बैंकले जनाएको छ ।

यसका साथै पिरामिडमा आधारित नेटवर्क मार्केटिङ तथा हाइपर फण्डमा पनि सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा लगानी, ठगी, कर छली, लगानीको असुरक्षा, पूँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी सम्बन्धी जोखिमहरु अन्तरनिहीत हुने जोखिम रहेको केन्द्रीय बैंकको सूचनमा उल्लेख छ ।

नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक समेत र नेपाल बाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा नेपालमा दर्ता भई नेपाल बाहिर रहेका व्यवसायहरुले विदेशमा लगानी हुनेगरी कुनै पनि प्रकारका कारोबार गर्न नसक्ने राष्ट्र बैंकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?