+
+

डलर देखाइ लुटपाट गरेको आरोपमा ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते १८:२४

२२ चैत, काठमाडौं ।  प्रहरीले काठमाडौं उपत्यकाभित्र विभिन्‍न ६ स्थानमा अमेरिकी डलर देखाइ लुटपाट गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका-७ घर भई हाल ललितपुरको चापागाउँ बस्‍ने ३२ वर्षीय सुरेश कोइराला,  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-५ सिङ्गेचौर घर भई गोकर्ण नाम्गेल बस्‍ने २४ वर्षीय विकास तामाङ,  धनकुटाका बेलारा घर भई ३२ वर्षीय दिपक दमाइ,  सिन्धुपाल्चोकको बाह्रबिसे ५ सिंगाचैकै ३८ वर्षीय साजन तामाङ र बाह्रबिसेकै सिखोरङका  ३५ वर्षीय प्रेम बहादुर तामाङ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका परेका उनीहरुलाई तथा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?