+
+

ढाकाकुमारबारे भोलि निर्णय लिन्छौं : रवि लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २८ गते १८:४५

२८ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको बारेमा भोलि निर्णय लिने बताएका छन् ।

श्रेष्ठले व्यवसायी प्रसाईंसँग मन्त्री हुनका लागि दुई करोड माग गरेको अडियो आइतबार सार्वजनिक भएको थियो । त्यसपछि रास्वपाले ७२ घण्टाभित्र श्रेष्ठबारे निर्णय लिने जनाएको थियो ।

केन्द्रीय समितिको बैठक बोलाएर भोलि निर्णय गर्ने रास्वपा सभापति लामिछानेले बताए । चितवनमा भएको चुनावी सभामा उनले भने, ‘केन्द्रीय समितिको बैठकका लागि भोलि तयारी रहन मैले साथीहरुलाई भनिसकेको छु । तपाईंहरु चितवन आउनपर्ने पनि हुनसक्छ । म काठमाडौं पनि आउनपर्ने हुनसक्छ ।’

अडियोमा उल्लेख भएका व्यक्तिहरु आफू वरपरका भए पनि उनीहरुलाई कारबाही गरिने उनले प्रतिवद्धता व्यक्त गरे । मन्त्री बन्नका लागि रविको कोर टिमका सदस्यबाट रकम मागेको भन्दै आफूलाई २ करोड रुपैयाँ सहयोग गर्न श्रेष्ठले प्रसाईंलाई आग्रह गरेका थिए  ।

आफ्ना साथीहरुमा पूर्ण विश्वास रहेको उल्लेख गर्दै लामिछानेले उनीहरुको बैंक खाता चेक गर्ने समेत बताए । ‘भ्रष्टचार विरुद्ध सहने वा ढाकछोप गर्दैनौं । हदभन्दा हदसम्मको कारबाही गर्नेछौं,’ लामिछानेले भने, ‘अरु दलले पनि यस्तै गर्नसकुन् म आफैं तिनीहरुको प्रचारमा हिँड्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?