+
+

कुवेत न्यूजमा एआईले पढ्न थाल्यो समाचार

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २८ गते २०:०९

२८ चैत, काठमाडौं । कुवेत न्युजले कृत्रिम बौद्धिकता (एआई)को प्रयोग गरी समाचारवाचक सिर्जना गरेको छ । उनको नाम फेदा हो। फेदाले कुवेत टाइम्सको सहयोगमा कुवेत न्‍यूजको ट्विटर एकाउन्टमा समाचार वाचन गरेकी छिन् ।

फेदा कालो रङको ज्याकेट, सेतो रङको टीसर्ट र खैरो कपालमा टेलिभिजनको स्क्रिनमा देखिएकी छिन् ।   कुवेती मिडिया आउलेटले आर्टिफिसयल इन्टेलिजेन्टस्‌को प्रयोग गरेर एउटा  समाचारवाचक बनाएको दाबी गरेको छ ।

कुवेती समाचारका निमित्त प्रधानसम्पादक अब्दुलाल बोफ्टेनले एएफपी समाचार एजेन्सीसँग भने, ‘ समाचारमा एआईको नयाँ र इनोभेटिभ कन्टेन्ट पस्किने परीक्षण गरेका हौं ।’

उनले अरबी भाषामा भनेकी छिन्, ‘म फेदा हो। कुवेतमा पहिलो प्रस्तुतकर्ता जसले कुवेत समाचारमा कृत्रिम बौद्धिकताका साथमा काम गर्दैछु । तपाई कस्तो खबर मन पराउनुहुन्छ ? तपाईको विचार भन्‍नुस् ।’

 बोफ्टेनले फेदाले कुवेती उच्चारण र अनलाइनमा समाचार पनि पढ्न सक्‍ने बताएका छन् । ‘फेदा एउटा लोकप्रिय र पुरानो कुवेती नाम हो जसले चाँदीको प्रतीक जनाउँदछ । हामी सधैं रोबोटको चाँदी तथा धातुको रंगको कल्पना गर्ने गर्छौं’, उनले भनेका छन्, ‘त्यसकारण हामीले दुवैलाई एकै ठाउँमा फेदालाई मिलाएर बनाएका हौं ।’

एआई समाचारवाचक फेदाको खैरो रङको कपाल र हल्का रंगको आँखाले कुवेती नागरिक र प्रवासीमा कुवेतीहरुलाई झल्काइरहेको उनले बताएका छन् ।

तर कुवेत एआई समाचारवाचक प्रस्तुत गर्ने पहिलो देश भने होइन । सन् २०१८ मा चीनको समाचार एजेन्सीले पनि यस्तै भर्चुअल समाचारवाचकको सुरूवात गरेको थियो ।  बीबीसीबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?