
१५ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज तेस्रो पटक विश्वासको मत मागेका छन् ।
प्रदेशसभाको १४औँ बैठकमा आफ्नो भनाइ राख्दै उनले संविधानको धारा ११८ को उपधारा २ बमोजिम विश्वासको मत मागेका हुन् ।
प्रदेश सरकारमा रहेको एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शर्मालाई तेस्रोपटक विश्वासको मत लिन परेको हो । यसअघि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको मत लिएका थिए।
मुख्यन्त्री शर्माले कर्णालीको प्रतिपक्ष रोग, भोक, अभाव र विकटता भएको भन्दै सबै दलहरु त्यसको विरुद्धमा एकजुट भएर अघि बढ्नुपर्ने बताए ।
‘म कुरा भन्दा काममा विश्वास राख्छु । तथ्य र तथ्यांकमा आधिरित भएर काम गर्छु’ शर्माले विश्वासको मत माग्दै भने, ‘विश्वासको मत दिएमा गर्व गर्न लायक मुख्यमन्त्रीको रुपमा काम गर्नेछु ।’
दोस्रोपटक उनलाई एमाले, कांग्रेस, समाजवादी र स्वतन्त्रले विश्वासको मत दिएका थिए ।
प्रतिक्रिया 4