+
+

दार्चुलाको ब्याँसमा हिमपहिरो, ८ जना वेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १९ गते १६:१९
हिमपहिरोको फाइल तस्वीर

१९ वैशाख, काठमाडौं। दार्चुलाको ब्याँस गाउँपालिका-१ बोलिनमा हिमपहिरो गएको छ । मंगलबार दिउँसो २ बजेर ४५ मिनेटमा गएको हिमपहिरोमा परी यार्सागुम्बा टिप्न गएका सर्वसाधारण परेका छन् ।

प्रदेश प्रहरी कार्यालयका एसपी श्याम चौधरीका अनुसार एक जना घाइते भएका छन् । हिम पहिरोमा परेर ८ जना वेपत्ता भएका छन् ।

सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएपी शैलेन्द्र थापाका अनुसार हिम पहिरो गएको क्षेत्रमा सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरुबाट डीएसपीको कमाण्डमा ३० जनाको टोली जाँदै गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?