+
+

दार्चुलाको हिमपहिरोमा ५ जना अझै बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १९ गते १८:५०

१९ वैशाख, धनगढी । दार्चुलाको ब्याँस गाउँपालिका-१ बोलिनमा गएको हिमपहिरोमा पाँच जना अझै बेपत्ता छन् ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार चार जना महिला र एकजना पुरूष अझै सम्पर्कमा आएका छैनन् ।

यस्तै हिमपहिरोमा फसेका सातजना भने सम्पर्कमा आएका उनले जानकारी दिइन् ।

ब्याँसमा अहिले पनि वर्षा र हिमपात भइरहेकाले उक्त ठाउँमा हेलिकप्टर पठाउन सक्‍ने अवस्था नरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

मंगलबार दिउँसो २ बजेर ४५ मिनेटमा गएको हिमपहिरोमा परी यार्सागुम्बा टिप्न गएका सर्वसाधारण परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?