+

बिना कारण आत्तिनुहुन्छ ? एन्जाइटी पनि हुन सक्छ

२०८० वैशाख  २० गते १३:०१ २०८० वैशाख २० गते १३:०१
Shares
बिना कारण आत्तिनुहुन्छ ? एन्जाइटी पनि हुन सक्छ

साधारण भाषामा भन्ने हो भने एन्जाइटी भनेको डर हो । भविष्यमा केही होला कि भन्ने डर लागिरहनु नै एन्जाइटी हो । एन्जाइटी सबैमा हुन्छ तर लक्षण धेरै छैन भने समय क्रमसँगै बिस्तारै निको हुँदै जान्छ । तर दैनिक जीवन र काम गर्ने क्षमतामा नै प्रभाव पार्छ भने समस्या भएको बुझ्नुपर्छ ।

एन्जाइटी एक मानसिक समस्या हो । साइकोसिस र न्युरोसिस्ट गरी यो दुई प्रकारको हुन्छ । मलाई रोग लागेको छ भन्ने जानकारी बिरामीलाई छैन भने साइकोसिस र छ भने न्युरोसिस्ट भनिन्छ ।

एन्जाइटीका संकेत

बिना कारण आत्तिने : एन्जाइटी भएका व्यक्ति बिना कारण सानो कुरालाई लिएर धेरै नकारात्मक कुरा सोचेर आत्तिने गर्छन् । डरलाग्दा कुनै घटना वा वस्तु नभए पनि घर बसेकै बेला डराउँछन् ।

हृदयघातको जोखिम : एन्जाइटीको समस्या भएका व्यक्तिको मुटुको धड्कन र श्वासप्रश्वास तीव्र हुन्छ । यस्ता व्यक्तिलाई हृदयघात समेत हुन सक्छ । मुटुको समस्या छ भने डरले मनमा घर बनाएको हुन्छ । छाती भारी भएको जस्तो हुन्छ ।

निद्रा नलाग्नु : एन्जाइटी भएमा कुनै आवाजले पनि छिनछिनमै ब्युँझिने हुन्छ । खलखल पसिना आउँछ  ।

मुख सुक्नु : एन्जाइटी भएमा डरले मुख सुख्खा हुने समस्या हुन्छ । छटपट छटपट भइराख्नु एन्जाइटीका संकेत हुन् ।

आत्मविश्वासको कमी : जुनसुकै कुरालाई नकारात्मक रुपमा सोच्नु एन्जाइटीको लक्षण हो । जे पनि मैले गर्न सक्दिन, म खस्छु, मर्छु भन्ने सोच मनमा आउँछ भने एन्जाइटी भएको बुझ्नुपर्छ । साथै टाउको दुख्नु, कमजोरी महसुस हुनु, चक्कर लाग्नु, हातखुट्टा काँप्नु पनि यसकै संकेत हो ।

कसलाई हुन सक्छ एन्जाइटी ?

एन्जाइटी जसलाई पनि हुन सक्छ । त्यसमध्ये पनि सानो सानो कुरामा डराउने, मदिरा, चुरोट धेरै खाने, राति अनिंदो बस्ने, एक्कासि आर्थिक अवस्था र पारिवारिक सम्बन्ध बिग्रिएका व्यक्तिमा एन्जाइटी हुने सम्भावना धेरै हुन्छ । कतिपयलाई वंशाणुगत कारणले पनि एन्जाइटीको समस्या हुन सक्छ ।

उपचार के छ ?

एन्जाइटीले दैनिक काममा प्रभाव पारेमा, परिवार नातागोताको सम्बन्धमा समस्या उत्पन्न गरेमा, डरलाई नियन्त्रण गर्न नसकेमा, डर सँगसँगै मानसिक समस्या पनि थपिएमा चिकित्सकलाई देखाउनुपर्छ ।

एन्जाइटी व्यायाम र औषधिबाट पनि निको पार्न सकिन्छ । धेरै एन्जाइटी भएमा उनीहरुले मनोपरामर्शदातालाई जाँच गराएर नियमित परामर्शअनुसार औषधि खानुपर्छ । सामान्यतया ६ देखि ९ महिना औषधि खानुपर्ने हुन्छ । औषधि खाइसकेपछि बीचमा निको भइसक्यो भनेर चिकित्सकको परामर्श बिना छाड्नु हुँदैन, पूरै मात्रा खानुपर्ने हुन्छ ।

साथै यसलाई मनोपरामर्शदाताले मनोवैज्ञानिक थेरापीको माध्यमबाट उपचार गर्छन् । यसमा मानिसको व्यवहारको अध्ययन गरिन्छ । उसले के सोच्छ, कस्तो व्यवहार गर्छ ? त्यो अवलोकन गरेर आवश्यक परामर्श दिइन्छ । बिरामीलाई प्रोत्साहित गर्न मद्दत पुर्‍याउँछ ।

एन्जाइटीको मात्रा केही कम भइसकेपछि विस्तारै योग, ध्यान तथा प्राणायामलाई नियमित गर्नु लाभदायक हुन्छ । यसले सकारात्मक सोचको क्षमता विकास गर्छ ।

एन्जाइटी हुनबाट बच्न सन्तुलित भोजन खानुपर्छ । रक्सी, चुरोट, सुर्ती तथा अन्य लागुपदार्थबाट टाढा रहनुपर्छ । दैनिक व्यायाम गर्ने र सकारात्मक सोच राख्ने गर्नुपर्छ ।

(डा. पाण्डे काठमाडौंस्थित मनमोहन मेमोरियल अस्पताल र अल्का अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

एन्जाइटी मनोरोग
डा. प्रदीप पाण्डे
लेखक
डा. प्रदीप पाण्डे
नसा तथा मानसिक रोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ८२२२ एमबीबीएस, एमडी (कन्सल्टेन्ट मनोचिकित्सक), एमडीजीपी (गोल्ड मेडलिस्ट) हाल काठमाडौंस्थित मनमोहन मेडिकल कलेजका विभागीय प्रमुख र ललितपुरस्थित अल्का अस्पतालमा सिनियर कन्सल्टेन्टको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

प्रसव पीडा कम गर्न सुरक्षित ‘एपिड्युरल’ प्रयोगबारे एनेस्थेसियोलोजिस्टलाई प्रशिक्षण

प्रसव पीडा कम गर्न सुरक्षित ‘एपिड्युरल’ प्रयोगबारे एनेस्थेसियोलोजिस्टलाई प्रशिक्षण

जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई कुन–कुन खोप आवश्यक छ ?

जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई कुन–कुन खोप आवश्यक छ ?

सरकारी अस्पतालमा फार्मेसी किन संस्थागत हुन सकेन ?

सरकारी अस्पतालमा फार्मेसी किन संस्थागत हुन सकेन ?

सुत्केरीपछि शरीर पहिलेकै अवस्थामा फर्किन कति लाग्छ समय ?

सुत्केरीपछि शरीर पहिलेकै अवस्थामा फर्किन कति लाग्छ समय ?

खाना खाएलगत्तै नगर्नुहोस् यी ८ गल्ती

खाना खाएलगत्तै नगर्नुहोस् यी ८ गल्ती

पहिल्यै जानेको कुरा बच्चाले बिर्संदै गएको छ ? हुन सक्छ डिमेन्सिया

पहिल्यै जानेको कुरा बच्चाले बिर्संदै गएको छ ? हुन सक्छ डिमेन्सिया