+
+

जन्तीलाई तातो पुरी नदिएको भन्दै विवाद, ढुंगा हानाहान

एजेन्सी एजेन्सी
२०८० वैशाख २१ गते ८:३३

मान्छेलाई झगडा गर्नका लागि ठूलो निहुँ चाहिँदैन । मान्छेहरु बिहे समारोह जस्तो महत्वपूूर्ण तथा प्रेमिल माहोलमा पनि विवाद तथा कुटपिट गर्न पछि पर्दैनन्, सानो निहुँमा ।

भारतको झारखण्डमा हालै एउटा यस्तै घटना सार्वजनिक भएको छ । झारखण्डको गिरीडिह जिल्लामा जन्ती र बेहुली पक्षबीच चर्को झगडा मात्र भएन झगडा बढ्दै जाँदा ढुंगा हानाहान समेत भयो । घटना अनियन्त्रित भएपछि प्रहरी बोलाउनु परेको थियो ।

जन्ती र बेहुली पक्षबीच झगडा हुनुको कुनै ठूलो कारण भने थिएन । जन्तीलाई तातो पुरी खुवाउने विषयले विवाद निम्त्याएको थियो ।

समाचार अनुसार रातमा बिहे समारोह चलिरहेको बेला जन्ती मध्येका एकजनाले तातो पुरी खाने इच्छा जाहेर गरे । जबकि पाहुनाका लागि पकाएका पुरी खाएर सक्किइसकेका थिए ।

आफूले पुरी माग्दा पनि खान नदिएको भन्दै जन्ती गएका ती व्यक्ति रिसाएर विवाद गर्न थाले । पुरीको त्यो विवाद बढ्दै गयो र त्यसले जन्ती र बेहुली पक्षबीचको झगडाकेा रुप लियो र धक्कामुक्का तथा लात हानाहान पनि भयो ।

त्यतिले मात्रै पुगेन दुवै पक्षले एक अर्काविरुद्ध ढुंगा प्रहार गर्न थाले भने धारिलो हतियारहरुको पनि प्रदर्शन गरियो । त्यसबाट केही मानिस घाइते समेत भएका थिए ।

झगडा अनियन्त्रित भएर रक्तपात नै हुने अवस्था आएपछि कसैले पुलिसलाई खबर गर्‍यो ।तत्कालै पुलिस घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा लियो र केही व्यक्तिलाई पक्राउ गर्न सफल भयो ।

प्रहरीले सो घटनासँग सम्बन्धित विभिन्न व्यक्तिहरुसँग सोधपुछसमेत गरेको थियो ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?